अभियान व्यापक बनाऔँ

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार ०७:०२

हाम्रो कानुनले विवाह गर्ने उमेरबारे स्पष्ट व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद– १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको उमेर २० वर्ष तोकेको छ । उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी जबरजस्ती वा ललाई फकाई विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुन्छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको छ । हाम्रो समाजमा कानुनी रुपमा स्पष्ट व्यवस्था भएपनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने प्रवृत्ति भने बढ्दो छ । नेपालका विभिन्न समुदायमा परम्परागत रुपमा चल्दै आएको रजस्वला नहुँदै छोरीलाई विवाह गरिदिने प्रचलनका कारण पनि उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउने किशोरी आमाको सख्ंयामा कमि हुन सकेको छैन।

‘विहेवारी २० वर्ष पारी’ भन्ने सन्देशको कमी छैन। उमेर परिपक्व भएपछि मात्र बिहे गर्नुपर्छ भन्ने जनचेतनामूलक अभियान थालेको पनि धेरै भइसक्यो । लामोदेखि थालेको योे अभियानले अपेक्षित नतिजा ल्याउन सकेको छैन । अझै पनि सानैमा बिहे गर्ने र उमेर नपुग्दै बच्चा जन्माउनको संख्या बढ्दो छ । लहलहैमा लागेर बिहे गरेका किशोरीसँग बच्चालाई हुर्काउने ज्ञान नै हुँदैन, कुनै योजना विना नै गर्भवती भईसकेपछि बच्चा जन्माउँदा शारीरिक र मानसिक रुपमा असर परेको हुन्छ ।

सानैमा आमा बन्दा पर्न भविष्यमा पर्न सक्ने जोखिम र त्यसको दीर्घकालीन असर धेरै छन । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक, मानसिक विकासमा अवरोध आउँछ । त्यसले गर्दा कालान्तरमा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो हुदैन । अझ सानै उमेर बिहे गर्दा पारिवारीक बोझ बढने र आत्मनिर्भर बन्ने सम्भावना नै समाप्त हुन्छ । आमा र बच्चाको आवश्यकता परिपूर्तिका लागि अरूको मुख ताक्नुपर्ने बाध्यता हुन्छ ।

गरिबि, अशिक्षा र चेतनाको अभावको कारण ग्रामिण क्षेत्रमा सानै उमेरमा बिहे गर्ने अवस्था एकातिर छ भने शिक्षित र शहर बजारमा समेत उमेर नपुगेर बिहे गर्ने प्रचलनमा आशातित सुधार हुन सकेको छैन। बढ्दो संचारको बिस्तारले पनि लहलहैमा लागेर कलिलै उमेरमा बिहे गर्ने र बच्चा जन्माउनेको संख्या बढ्दो छ । उमेर पुगेपछि मात्र बिहे गर्ने र बच्चा जन्माउनुपर्छ भन्ने सन्देशको कमी छैन। अभियान पनि व्यापक छ । तर जान्दाजान्दै पनि यो पूर्ण रुपमा रोकथाम हुन सेकेको छैन। पछिल्लो तंथाङक अनुसार कर्णाली प्रदेशमा पचास प्रतिशत भन्दा बढि विवाह उमेर नपुग्दै हुने गर्छ । यो डर लाग्दो तथाङक हो । विगतका चेतनामूलक अभियानले पनि कर्णालीमा उमेर नपुग्दै बिहे गर्ने परम्परा नियन्त्रण हुन सकेन। यसले अभियानमाथि प्रश्न उठाएको छ । विगतमा गरिएका अभियानले बाल विवाह नियन्त्रण भएन भने समिक्षा गरेर यसलाई अझ व्यापक बनाऔैै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न एम्बुलेन्स, न एक्स–रे

१२ आश्विन २०७६, आईतवार ०७:०२
बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरे पनि निजी यातायातका साधनमा स्वास्थ्य संस्था लिनु पर्ने बाध्यता छ ।

सम्बन्धित शीर्षक