साझा मुद्दामा विश्ववादसँग राष्ट्रवादको सन्तुलन

कर्णालीपत्र संवाददाता ८ आश्विन २०७६, बुधबार ०९:३६

रवीकिरण हमाल

दोस्रो विश्व युद्धपछि संसारभरि उदारवादले साम्राज्य ग¥यो । हामी सबैले विश्वव्यापीरूपमै उदारवादलाई अंगिकार गर्दै अगाडि बढ्यांै । उदारवादले हाम्रा मौलिक पहिचान, अस्तित्व र मूल्य मान्यतालाई सहर्ष स्वीकार गर्दै सम्मान गर्न सिकायो । सबै देशहरूको सार्वभौमसत्ता र नागरिकको मानवतावाद बराबर रहेको कुरा हामी सबैले स्वीकार गरेका कारण प्रायः सबै मुलुकहरू विवादको तुलनामा समझदारी गरेर अगाडि बढिरहेका छन् । हाम्रा साझा मूल्य र मान्यताहरूको रक्षा गर्दै आगामी दिनमा उत्पन्न हुने साझा मुद्दाहरूमा एकसाथ काम गर्नुपर्ने आवश्यक छ । हाम्रा विचारहरूको बहस छलफलले संसारका जुनसुकै कुनामा पनि ठाउँ पाउनुपर्छ । उत्पादन भएका समानहरूको ओसारपसारले हामी सबैलाई जोड्न सक्छ, जसका लागि मुद्राहरूको प्रचलन विश्वव्यापीकरण गर्न आवश्यक छ । संसारमा भएका देशहरूमा मान्छेहरूको बसाई सराई र भ्रमणलाई सजह बनाउन सकिएको खण्डमा हामीबीचको खाँडल कम गर्दै साझा मुद्दाहरूमा सहकार्य बढाउन सकिन्छ ।
विश्वव्यापी उदारवादी व्यवस्थामा थुप्रै गल्ती र समस्याहरू देखिए पनि नवउदारवाद अन्य व्यवस्थाको तुलनमा उत्तम विकल्प सावित भएको छ । उदारवादी व्यवस्था कै कारण २१ औं शताब्दीमा संसार अझ समृद्ध, स्वस्थ र पहिलेभन्दा बढी शान्तिपूर्ण छ । मानव इतिहासमा पहिलोपटक भोकमरीले भन्दा मोटोपनका कारण धेरै मानिसहरूको ज्यान जान्छ । जैविकरूपमा मानिसहरू बुढोपन भएरभन्दा अन्य विपत्तिहरूका कारण धेरै मानिस मर्छन । अहिले विश्वको औसत आयु ७१ वर्ष नाघेको छ, जबकी सन् १९५० मा ४८ वर्ष मात्र थियो । संसारमा हिंसाभन्दा बढी दुर्घटनाका कारण मानिसहरूको मृत्यु हुन्छ । पृथ्वीको उत्पति भएदेखि २१ औं शताब्दी सबैभन्दा विकसित र समुन्वात्मक मानिएको छ । लगभग ५०० देखि ३०० ईसा पूर्वसम्मको शास्त्रीय अवधि जसलाई ग्रीस को स्वर्ण युग मानिन्छ । स्वर्ण युगभन्दा कयौ गुणा अहिले मानव जाति सबैभन्दा राम्रो आकारमा छ । यसो भन्दै गर्दा मानव सभ्यताको स्वर्णीम युगमा भएका महान् स्मारक, कला, दर्शन, वास्तुकला र साहित्यको उत्थानलाई अवमूल्यण गर्न मिल्दैन जुन हाम्रो आफ्नै सभ्यताको निर्माण आधारशीला थियो ।
उदारवादले हामीलाई सद्भाव र सहकार्यको डोरीमा बाँधे पनि पछिल्लो समय मानिसहरू यसप्रति विश्वास गुमाइरहेका छन् । महाशक्ति राष्ट्रहरूले आप्रवासीहरूलाई बन्देज गर्ने, भिसा शुल्क उच्च बनाउनेदेखि सिमानामा पर्खाल लगाउने जस्ता अनुदारवादी चरित्र देखाउन थालेका छन् । विश्वकै महाशक्ति राष्ट्रको राष्ट्रपति निर्वाचनमा मेक्सीको सँग सिमानमा पर्खाल लगाउने र मुस्लिम आप्रवासीहरूलाई निषेध गर्ने प्रमुख मुद्दा बन्नु अत्यन्तै दुःखद् मान्न सकिन्छ । अमेरिकाले संसारको कूल आयको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ, अमेरिका संसारको सबैभन्दा ठूलो राष्ट्रिय अर्थ व्यवस्था र प्रमुख वैश्विक व्यापारी हो । अझै पनि चार दर्जनभन्दा बढी मुलुक अति कम विकसित देशहरूको सूचीमा छन् । तीनको आर्थिक विकासमा सहयोग गर्नु शक्ति राष्ट्रहरूको जिम्मेवारी हो । विश्वमा क्षेत्रीय समानता कायम गर्न सकिएन भने अशान्ति र द्वन्द्वको खतरा उत्पन्न हुनसक्छ, जसको नतिजा सबै राष्ट्रहरूले प्रत्येक्ष वा अप्रत्येक्षरूपमा भोग्नुपर्नेछ । भारतमा भाजपाको उदय, चीनमा सिलाई आजीवन राष्ट्रपतिका लागि बाटो खुला, रुसमा दुई दशकदेखि पुटिनको एकक्षत्र शासनलगायतका उदाहरणहरू उदारवादी व्यवस्थाका बरखिलाब छन् । नेपालमा भारतको चर्काे विरोध गरेर सत्तामा आएका खड्कप्रसाद ओलीले सरकार र पार्टी दुवैलाई अधिनायवादको शैलीमा सञ्चालन गरीरहेका छन् । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उदारवादी मूल्य र मान्यताहरू कमजोर हुँदै गएको खण्डमा मुलुकहरू बीच दुरी बढ्ने निश्चित छ । हामी यही दिशामा गएमा विश्वव्यापी उदारवादी व्यवस्था पतन हुनेछ ।
विश्वव्यापी उदारवादी व्यवस्थाको विकल्पको रूपमा राष्ट्रवादलाई मान्न सकिन्न यद्यपि यसको लहर आउन सक्छ । राष्ट्रवाद कुनै एउटा देशको सञ्चालमा मात्र सिमित हुन्छ । राष्ट्रवादलाई भक्ति भन्न पनि सकिन्छ । यो एक किसिमको विश्वास हो जसमा कुनै एउटा राष्ट्रिय राज्यको आफूबाहेक अरु सबै मुलुक सत्रु बराबर हुनसक्छन् । अन्तर्राष्ट्रियरूपमा सहकार्य र समन्वय गरेर सामूहिकरूपमा बलियो बन्न राष्ट्रवादले अवरोध सिर्जना गर्छ । राष्ट्रवादले कुनै पनि देशका नागरिकलाई आफ्नो देशको पहिचान र संस्कृति अरुभन्दा माथि हुनुपर्ने भावना पैदा गर्छ । सामान्यतया, राष्ट्रवादका दुई रूपहरू हुन्छन्ः एउटा एकता र अर्काे अरुभन्दा माथि (सुपेरीएर) पछिल्लो समय राष्ट्रिय एकताका लागि नभई अरुभन्दा माथि भएर राष्ट्रवादी बन्ने होडबाजी छ ।
केही राष्ट्रवादीहरू आशा गर्छन् कि संसारलाई पर्खालहरूको साझा नेटवर्क बनाउन सकिन्छ । सबै किल्लाहरूले शान्तिपूर्वक सहकार्य र व्यापार गर्न सक्छन् । पर्खालहरूले मुलुकका मौलिक पहिचान र चासोहरूको रक्षा गर्नेछ । उनीहरूको कल्पनामा त्यहाँ कुनै आप्रवासी हुनुहुँदैन, बहुराष्ट्रिय मुद्दाहरू उठ्नु हुँदैन । राष्ट्रवादले कुनै पनि विश्वव्यापी योग्यताहरूलाई आत्मसात गर्दैन । हामी पर्खाले बाँधियांै भने विश्वमा युद्धको सम्भावनालाई टार्न सकिने राष्ट्रवादीहरूको बुझाई पाइन्छ । राष्ट्रवादको समस्या भनेकै पर्खालहरूले सबै कुराको सामधान गर्न सक्छन् र पर्खालका किल्लाहरू अत्यन्तै मित्रवत् रहिरहन्छन् भन्ने बुझाई हो । हामीले इतिहासमा भएका त्रासदिपूर्ण युद्धहरूको कारक तत्व भनेकै तीनै पर्खालहरू भत्काएर आफ्नो अधिपत्यता जमाउन थियो । केही विश्वव्यापी मूल्य र मान्यतासहितका संस्थाहरूबिना प्रतिद्वन्द्वी राष्ट्रहरू अनुशासनमा बाँधिन असम्भव छ । सबै राष्ट्रहरूलाई साझा नियमहरूमा सहमत बनाउन सकिएन भने पर्खालहरू जतिसुकै बेला पनि भत्किन सक्छन्, जतिसुकै बेला पनि युद्धको शुरुवात हुनसक्छ ।
उग्र राष्ट्रवादीहरूले आफ्नो मुलुकलाई कुनै पनि वैदेशिक सहयोगको आवश्यकता नपर्ने चरमस्थिति अपनाउन खोजिरहेका छन् । यो अन्धो राष्ट्रवादको नमूना हो । उनीहरू प्रत्येक राष्ट्रले आफ्नै रूचीको बारेमा मात्र हेरचाह गर्नुपर्छ र संसारको बाँकी कुनै पनि दायित्वहरू बारे चासो राख्नु हुँदैन भन्ने मान्यता राख्छन् । प्रत्येक देशहरूले आफूलाई बन्धक बनाएर राख्नुपर्ने मान्यता भनेको अन्य देशहरूको अस्तित्व स्वीकार नगर्नु हो । उनीहरू आफ्नो मुलुकबाहेक अन्य कुनै पनि देशका नागरिकहरूप्रति जिम्मेवार हुँदैनन् । नेपालीमा चर्चित उखान छ ‘मै खाऊँ मै लाऊँ सुख सयल मोज म गरू मै बाँचु मै नाचु अरू सब मरून् दुर्वलहरू’ यही भावबाट प्रेरित छ उग्र राष्ट्रवाद ।
विश्ववादसँग राष्ट्रवादको सन्तुलन गरेर साझा मुद्दाहरूमा सबै देशहरूको सहकार्य भएन भने पृथ्वीमा केही दशकभित्र ठुला विपत्ति आइपर्ने खतरा छ । २१ औँ शताब्दीमा सबै राष्ट्रहरूलाई सहकार्य गर्न आधुनिक अर्थ व्यवस्थाले महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । आधुनिक अर्थ व्यवस्थालाई जीवन्त राख्न विश्व व्यापार नेटवर्क अनिवार्य सर्त हो । आधुनिक अर्थ व्यवस्थाले हामीलाई आत्मनिर्भर नभई अन्तरनिर्भर बनाएको छ । हामीले आफ्ना आवश्यकताहरू परिपूर्ति गर्दै गर्दा अरुको आवश्यकताबारे पनि हेरविचार पु¥याउनुपर्छ । केही हप्ता पहिले चीन–अमेरिका व्यापार युद्ध सतहमै देखियो, जसले संसारकै अर्थ व्यवस्थालाई प्रभावित पारेको थियो । मानव जाती अहिले २१ औँ शताब्दीमा मुख्य तीनवटा साझा समस्याहरूसँग जुधिरहेको छ जसले गर्दा देशका सिमानाहरू नक्कली सावित भएका छन् । आणविक युद्ध, जलवायु परिवर्तन र टेक्नोलोजीबाट निम्तिने समस्याहरूको समाधनका लागि विश्वव्यापी सहकार्यको माध्यम निर्विकल्प हो ।
हामीले सिमानमा पर्खाल लगाउन सक्छौं तर जलवायु परिवर्तन र आणविक हतियारविरुद्ध त्यो पर्खालले कुनै रोकतोक गर्न सक्दैन । कृत्रिम वुद्धि (९ब्चतषष्अष्ब(िक्ष्लतभििष्नभलअभ) र जैविक इन्जिनियरिङ (द्यष्य(भ्लनष्लभभचष्लन) लाई एउटा राष्ट्रले मात्र नियन्त्रण गरेर समस्याको सामधान हुने अवस्था छैन । अहिले विकसित मुलुकहरूले उत्पादन गरिरहेका रोबर्टहरू अनियन्त्रित भए भने उत्पादनकर्ता मात्र होइन सिंगो मानव जातिलाई असर हुन्छ । अमेरिकामा आनुवंशिक इन्जिनियरिङमार्फत् जन्माइएका मानव बालबालिकाहरू नियन्त्रण बाहिर जान थाले भने अमेरिका मात्र होइन सबै देशका नागरिकहरू प्रभावित हुन्छन् । एउटा राष्ट्रको इमानदारीता र पहलले मात्र यस्ता समस्याहरूको सामधान असम्भव छ ।
एउटा देशले उच्च जोखिम उच्च (लाभ)ज्ष्नजच्ष्कप–ज्ष्नजन्बष्ल) मार्गलाई अत्मसात गरेर आणविक हतियार निर्माण गर्ने, आनुवंशिक इन्जिनियरिङ गर्न थाल्ने हो भने अर्काे देश पनि त्यो मार्ग समात्न बाध्य हुन्छ । आणविक हतियारको भण्डार अमेरिका, चीन, रुस, इरान आदि मुलुकहरूले उत्तर कोरियालगायतका अन्य देशहरूलाई आणविक हतियार नबनाउन आग्रह गर्नुभन्दा पहिला आफ्नो देशको आणविक भट्टिहरू सँगसँगै उत्पादन गरेका हतियारहरू निष्क्रिय पार्नुपर्छ । राष्ट्रवादले कसरी परमाणु युद्धलाई रोक्न सक्छ, जलवायु परिवर्तन रोक्न र विच्छेदनशील टेक्नोलोजीहरू विनियोजन गर्न सक्छ ?
माथि उल्लेखित तीनवटै समस्याहरूको सफलतापूर्वक सामना गर्न हामीलाई विश्वव्यापी सहकार्य र सहयोगको बढी आवश्यकता पर्छ । हाम्रा साझा पहिचान भनेकै मानवतावाद र प्रकृतिवाद हुन । यीनै साझा पहिचानले मान्छेहरूलाई कुनै विशेष राष्ट्रप्रति मात्र नभएर मानवजाति र सिंगो पृथ्वीप्रति बफादार हुन प्रोत्साहन गरेका छन् । राष्ट्रवादले विश्वव्यापीरूपमै साझा पहिचान सिर्जना गर्न बाधा पु¥याइरहेको छ, हामीले त्यसको घेराभन्दा माथि उठेर मानवतावादका पक्षमा उभिनुपर्छ । इतिहासलाई केलाएर हेर्ने हो भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोदाममै थन्कियो तिते फापर

८ आश्विन २०७६, बुधबार ०९:३६
सुर्खेत, ८ असोज l (रासस) वीरेन्द्रनगर–६, गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन्, तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाईमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाईमा पर्दैन । […]

सम्बन्धित शीर्षक