अरुलाई रुवाउने रोएपछि…

कर्णालीपत्र संवाददाता ७ आश्विन २०७६, मंगलवार १०:५०

 

सुर्खेत, ७ असोज

तिमै्र छेऊमा रुँदै थिएँ
फेर्दा तिमले अन्तिम सास
एउटै पीर थियो तिमलाई
कल्ले बोक्ला मेरो लास,
छोराजस्तै छोरी मानी
तिम्रो जीउको खुन छ
तर पनि यो समाजमा विभेद किन हुन्छ
पीर नलिनु तिमले एकरति
बैकुण्ठमा बास गरेहंै, आमा
मै छोरीले, देइछुँ दागबत्ति ।
यो कुनै काल्पनिक शब्द थिएन । सुर्खेतकी बालकुमारी पौडेलले आफ्नै जीवनमा भोगेका दुई शब्द कोर्दा सुनिता बुढाथोकीले समधुर स्वर भरिन् । जुन गीत महिलाका लागि थप प्रेरणा बन्यो र यसले चर्चा पनि उस्तै कमायो । बालकुमारीलाई गीतको चर्चाभन्दा आफ्नो पीडा गीतमा पोख्नु थियो । अरुबेला हल्लाखल्ला हुने गीत रेकर्डिङ स्टुडियो यो गीत रेकर्ड गर्दा एकाएक भावुक बन्यो ।
‘कति बिरही थिए शब्दहरू, अनि हाम्रो समाज,’ गायिका सुनिताले भनिन्, ‘रेकडिङ स्टुडियोमा रुँदैरुँदै गाएकी थिएँ ।’ लोकदोरी गायिका म, पौडेलका शब्दहरूमा उहाँका कथालाई मेरो स्वरले कत्तिको उत्थान गर्न सक्यो, सकेन थाह भएन ?, तर गीत रेकर्डिङ गर्दा म रोएँ । आखिर शब्दहरूले परिवर्तन बोकेका थिए । महिलाको बेदना पनि मिसिएका र आफ्नी आमाको दागबत्ति दिने छोरीको कथा बोकेका थिए ।
गाउँदै गर्दा यति भावुक भए छुँ की आँखाबाट आसु सरसर बग्न थाले । रोक्न चाहे तर सकेन । म धेरै भावुक पनि छुँ । सो गीतमा शेरबहादुर आचार्य ‘गाइने’ दाइले संगीत भर्नुभएको थियो । आजसम्म २०÷२५ वटा गीतहरूमा स्वर दिएको छुँ । कति गीत त म आफैँले पनि भुलिसकें हुँला । झट्ट सम्झँदा सकिँदैन, तर यो गीतले मेरो मनलाई नै छियाछिया बनायो । गीत गाउँदाको क्षण मानसपटलमा अमरसरी छ ।
गीतमा पौडेलका आफ्नै कथा समेटिएका छन् । उहाँकी आमाको मृत्यु भएको थियो । दागबत्ति दिनलाई छोरा पनि थिएनन् । तर, उहाँले आफैँ आँट गर्नुभयो । छोरीले दागबत्ति दिनु हुँदैन भन्ने समाजको अगाडि एउटी छोरी दागबत्ति दिन तयार थिइ । छरछिमेक, समाजमा अनेकौं कुरा उठे । कसैले हुन्छ भने, कसैले हुँदैन । शास्त्रको कुरो पनि उठ्यो । जान्ने नजान्ने सबैले छोरीले दागबत्ति दिने विषयमा कुरा उठाए । अन्तिममा पौडेल आफैँले आमाको लासमा दागबत्ति दिनुभयो । गीतका शब्दहरूले उहाँका भोगाइ समेटेको छ ।
सात कक्षामा पढ्दै गर्दा मेरो स्वरको प्रसंशा भएको थियो । त्यसपछि यो क्षेत्रलाई पेसाँसँगै उद्देश्य बनाए । कक्षामा पढ्दै गर्दा विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत अध्यापन गराउन विद्यार्थी शिक्षकहरू आउनु भयो । उहाँहरूद्वारा आयोजना गरिएको कार्यक्रममा मैले ‘डोको बोकी भीरपाँखा रमेला’ बोलको गीत सुनाएँ । उहाँहरूले मेरो स्वरको प्रशंसा गर्नुभयो । त्यहीँ घटनाले मलाई गीत–संगीत क्षेत्रमा प्रवेश गरायो ।
२०६८ सालमा बलराम रावलको सांगीतिक कोशेली ‘छुट्न परे कसो गरम्ला’ बोलको गीतमा पहिलोपटक स्वर दिएको थिएँ । त्यो नै मेरो पहिलो गीत हो । हालसालै ‘दाई दिन आएनन्’ भन्ने बोलको तीज गीतमा स्वर दिएकी छुँ । केही समयमा अरु गीत पनि बजारमा आउने तयारीमा छन् । मैले गाएका गीतहरूमध्ये ‘के फूल फुल्यो, बनै रसायो’ बोलको गीत अत्यधिक रुचाइएको गीत थियो । यो गीतमा गायक ऋषि अधिकारी र मेरो स्वर छ ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा आयोजित एकल गायन प्रतियोगितामा मेरो स्वरले तेस्रो स्थान पाएको थियो । जिल्ला, प्रदेश हुँदै मैले राष्ट्रिय मञ्चमा उभिने मौका पाएकी थिए । घरपरिवारमा सबैले साथ दिनुभएको छ । शेरबहादुर आचार्य र प्रकाश खत्री, यी दुई दाजुको साथले संगीत क्षेत्रमा मेरो यात्रालाई सहज बनायो । प्रस्तुति : पुनम बिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन बजेटको सदुपयोग गर !

७ आश्विन २०७६, मंगलवार १०:५०
नयाँ संविधानअनुसार संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको कार्यान्वयन सँगै २०७४ फागुन ४ मा गठन भएको कर्णाली प्रदेश सरकारले कर्णालीको पर्यटन क्षेत्रलाई आफ्नो समृद्धिको आधार मान्यो । सोही बमोजिम प्रदेश सरकारले २०७५ वैशाख १० सार्वजनिक गरेको प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रमदेखि २०७६ मा सार्वजनिक गरेको पछिल्लो नीति तथा कार्यक्रमसम्म आइपुग्दा पर्यटन क्षेत्रले […]

सम्बन्धित शीर्षक