ब्राउन सुगरसहित पक्राउ

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार १०:०२

सुर्खेत, ५ असोज (कर्णालीपत्र) । प्रहरीले वीरेन्द्रनगरमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–४, गैरीटोल निवासी शुक्रराज सारु मगरलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

घरको कोठामा लुकाई राखेको अवस्थामा शुक्रबार एक ग्राम दुई सय मिलिग्राम (प्लास्टिकसहित) ब्राउन सुगर फेला परेको थियो । अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवी रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कागजी न्यायको विकल्प

६ आश्विन २०७६, सोमबार १०:०२
कानुनमा मात्रै समान भएर भएन, व्यवहारमा पनि समान हुनुप¥यो । पहँुचमा पनि समान हुनुप¥यो । अनुभूति हुनेगरी समान हुनुप¥यो । हार्दिक स्वीकारोक्ति झल्किनुप¥यो । आत्मसम्मान र मानव मर्यादाको ख्याल हुनुप¥यो । विशेष कानुन बनाएर विभेदमा पारिएका समुदाय, क्षेत्र र लिंगलाई माथि उठाउने प्रयास र अभ्यास गरियोस् भन्ने आवाजलाई अग्रता दिँदै त्यसको बाटो खोल्ने, पहिल्याउने र सँगै हिँड्ने मान्यता नै सामाजिक न्याय हो ।

सम्बन्धित शीर्षक