रेडियो नेपालमा पत्रकारको धर्ना

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार ०९:५८

सुर्खेत, ६ असोज (कर्णालीपत्र) । नेपाल पत्रकार महासंघको आह्वाणमा सुर्खेतमा रहेको रेडियो नेपालको प्रदेश प्रसारण केन्द्रमा सुर्खेतस्थित पत्रकारहरूले धर्ना दिएका छन् । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत तीनजना पत्रकारको पुनर्बहालीसँगै सरकारले निर्धारण गरेको श्रमजीवी पत्रकारको पारिश्रमिकको कार्यान्वयनको माग राख्दै पत्रकारहरूले धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालको नेतृत्वमा गएको महासंघ कर्णाली प्रदेश कमिटी र सुर्खेत जिल्ला शाखामा आबद्ध पत्रकारको टोलीले सुर्खेतस्थित रेडियो नेपालको कार्यालयमा धर्ना बसेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सेजुवालले रेडियो नेपालको व्यवस्थापन पक्षले निष्काशन गरिएका दिपायलका पत्रकारको पुनर्बहाली नगरे थप चर्का आन्दोलन गर्ने चेतावनी दिए ।

रेडियो नेपालले महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो । रावल १० वर्षदेखि, बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब्बललाई नियुक्त गरौं !

६ आश्विन २०७६, सोमबार ०९:५८
विश्वविद्यालय हाक्न चाहनेलाई आफूले नेतृत्व पाएमा कसरी विश्वविद्यालय हाक्ने हो, त्यसबारे विचार, कार्ययोजना सार्वजनिकरूपमा प्रस्ताव पेस गर्न लगाऔं र अब्बललाई नियुक्त गरौं । दक्ष जनशक्ति उत्पादन गरी मुलकलाई शिक्षाको क्षेत्रमा योगदान दिने उद्देश्यले आवश्यकताअनुसार विश्वविद्यालय स्थापना गरिएको हुन्छ । मुलुकको सिंगो शिक्षाको अवस्था विश्वविद्यालयको शैक्षिक गुणस्तरले चित्रण गर्छ । विश्वविद्यालयको […]

सम्बन्धित शीर्षक