पर्यटनमा छुट्याइएको बजेट; लक्ष्य एकातिर, खर्च अर्कोतिर

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार ०९:५४

पर्यटनमा छुट्याइएको बजेट
सुर्खेतः २२ लाख
दैलेखः पाँच लाख
मुगुः पाँच लाख
सल्यानः पाँच लाख ८५ हजार
जाजरकोटः पाँच लाख
रुकुम पश्चिमः १० लाख
जुम्लाः चार लाख ८७ हजार
डोल्पाः सात लाख
कालीकोटः शून्य
हुम्लाः शून्य

सरकारको लक्ष्य; कर्णालीका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन आगवनलाई वृद्धि गरी यहाँको आर्थिकस्तर माथि उकास्ने ।

बजेट; पर्यटन प्रवद्र्धनको नाममा विभिन्न जिल्लामा गएको रकम होडिङ बार्ड निमार्ण गर्ने, फोटो बनाउने, भिडियो प्रोफाइल, स्टीकर, टोपी, पम्पिलेटजस्ता कार्यमा सकियो ।

कर्णाली प्रदेश सरकारले एकातिर लक्ष्य र अर्काेतिर बजेट सक्दा कर्णालीको पर्यटन विकासमा विकासभन्दा पर्यटकीय क्षेत्र ओझेलमा पर्ने देखिन्छ । अहिले पनि लोप लाग्दा कर्णालीका पर्यटकीय क्षेत्रले संरक्षणको अभाव झेलिरहेका छन् । पर्यटकीय क्षेत्रको फोहोरमात्र व्यवस्थापन गर्न सके पनि सुन्दर र आकर्षक हुन्थ्ये । तर आफैँमा सुन्दर ती पर्यटकीयस्थले सरकारी बजेट देख्न पाएका छैनन् । पर्यटकको पर्खाइमा रहेका यी क्षेत्र पर्यटकको पर्खाइमा छन् ।

कर्णालीमा पर्यटनको वृद्धि गर्न कर्णाली प्रदेश सरकारले २०७५ लाई ‘रारा कर्णाली पर्यटन वर्ष २०७५’ मनायो । जुन क्रममा देशका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले कर्णालीको पर्यटन क्षेत्रको बारेमा आआफ्ना धारणा राखे । जसको लक्ष्य थियो कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउने। त्यति मात्रै नभएर प्रदेश सरकारले २०७५ सालमा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न काम ग¥यो । जसअन्तर्गत शे–फोक्सुण्डो तालमा पनि प्रदेश सरकारले विशेष कार्यक्रम ग¥यो । यसरी सरकारले आर्थिक वर्ष २०७५÷७६ को अन्तिमसम्म विभिन्न किसिमका कार्यक्रम गरेको देखिन्छ तर उपलब्धिविहीन ।

महोत्सवमा ७७ लाख खर्च

२०७५ मा प्रदेश सरकारले महोत्सवमा मात्रै ७७ लाख बढी खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिएको जानकारीअनुसार २०७५ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट ‘रारा कर्णाली पर्यटन वर्ष’ को सुरुवात गरे । जसमा ६३ लाख ८१ हजार सात सय ९५ रकम खर्च भएको देखिन्छ । यस्तै शे–फोक्सुण्डो तालमा गरिएको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा ३५ लाख ६६ हजार लागत लाग्ने अनुमान गरिएको थियो । हेलिकोप्टर प्रयोग नगरेपछि यहाँको खर्च कम भयो । यहाँ पाँच लाख मात्रै खर्च भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

पञ्चपुरी नगरपालिकामा भेरी कर्णाली नदीमा ¥याप्टिङ सञ्चालनको लागि १० लाख खर्च भएको छ । तीमध्ये रारा र शे–फोक्सुण्डोमा प्रदेश सरकारले आफँै आयोजना गरेको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यीबाहेक अन्य कुनै पनि महोत्सवलाई रकम नदिएको बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा झन्डै १२ भन्दा बढी महोत्सव आयोजकले बजेट प्रस्ताव गरेका थिए, तर मन्त्रालयले कुनै पनि महोत्सवलाई बजेट स्वीकृत नगरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए । प्रवद्र्धको बजेट होडिङ बोर्डमा खर्च प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि छुट्याएको अधिकांश बजेट होडिङ बोर्डमै खर्च भएको छ । पर्यटन प्रवद्र्धनको नाममा विभिन्न जिल्लामा गएको रकम होडिङ बार्ड निमार्ण गर्ने, फोटो बनाउने, भिडियो प्रोफाइल, स्टीकर, टोपी, पम्पिलेटजस्ता कार्यमा सकियो ।

जसअन्तर्गत सुर्खेतमा २२ लाख रकम छुट्याइएको थियो । जसबाट चार लाख ९७ हजारको होडिङ बोर्ड मन्त्रालयमा रारा तथा अन्य पर्यटकीय क्षेत्रको फोटो झुन्ड्याइएको छ । यस्तै आठ लाख ८८ हजारको लगानीमा भेरी पुलमा विभिन्न आर्टहरू निमार्ण गरिएको छ भने सात लाख ९७ हजारको लगानीमा कर्णाली किताब गन्तव्य प्रकाशन गरिएको छ । यस्तै दैलेखले पाँच लाखको लगानीमा होडिङ बोर्ड तथा विभिन्न पर्यटकीय क्षेत्रको इस्टिकर निर्माण गरेको छ । यस्तै मुगुमा पाँच लाखको लगानीमा छायाँनाथ रारा नगरपालिका–२, मा पार्क निमार्ण, सामुदायिक वन क्षेत्रमा भ्यू प्वइन्ट निर्माण गरिएको छ । सल्यानमा पाँच लाख ८५ हजारको लगानीमा जिल्लाको समर्ग पर्यटकीय क्षेत्रलाई समेटेर प्रोफाइल निर्माण गरिएको छ ।

जाजरकोटमा पाँच लाखको लगानीमा पोष्टर पम्पिलेट प्रकाशन, टोपी, बु्रसर निर्माण गरिएको छ । रुकुम पश्चिममा १० लाखको लगानीमा मुसीकोट–७, मा पिक्निक स्पोर्ट निर्माण गरिएको छ । जुम्लामा चार लाख ८७ हजारको लगानीमा भिडियो प्रोफाइल निर्माण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रोफाइलमा १५ लाख, विज्ञापनलाई १० लाख
मन्त्रालयले सल्यानको कुपिण्डे दह, रारा र सुर्खेतको बारेमा भिडियो प्रोफाइल निर्माण गरेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार जसको लागि पाँच, पाँच लाख छुट्याइएको थियो । यस्तै पर्यटन वर्षमा विज्ञापन बनाएर बजाएबापत सुर्खेतका दुई एफएमलाई पाँच÷पाँच लाख रूपैयाँ दिएको बताइएको छ ।


पर्यटनको तथ्यांक छैन
कर्णाली विकासको मेरुदण्ड पर्यटन क्षेत्रलाई मानेको प्रदेश सरकारसँग कर्णालीमा कति पर्यटक आउँछन् त्यसको तथ्यांक छैन । मन्त्रालयले रारा राष्ट्रिय निकुञ्ज, बुलबुले ताल, काँक्रेविहार र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मात्रै तथ्यांक संकलन गरेको छ । तथ्यांकअनुसार रारामा तीन हजार एक सय आठजना पर्यटकहरू आएका छन् । जसमा ९१ जना विदेशी नागरिक छन् ।

यस्तै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा आठ सय दुईजना पर्यटकहरू भित्रिएका छन् । जसमा एक सय ४७ जना विदेशी छन् । यस्तै संरक्षित क्षेत्र काँक्रेविहारमा २२ हजार ६ सय ५८ जना पर्यटकहरू भित्रिएका छन् । जसमा पाँच सय २० जना विदेशी नागरिक छन् । यस्तै बुलबुलेमा एक लाख चार हजार चार सयजना पर्यटक भित्रिएका छन् । जसमा एक सयजना विदेशी नागरिक छन् । यी क्षेत्रबाहेक प्रदेश सरकारसँग अन्य क्षेत्रको कुनै पनि तथ्यांक संकलन गरेको छैन ।

उस्तै पर्यटकीय क्षेत्र

यसरी प्रदेश सरकारले समृद्धिको मूल आधार पर्यटन क्षेत्रलाई माने पनि पर्यटकीय क्षेत्रहरूमा भने सुधार हुन सकेको छैन । २०७५ सालमा जसोतसो पर्यटकको तथ्यांक निकालेको प्रदेश सरकारले २०७६ यता फेरि पुरानै अवस्थामा झरेको छ । हाल प्रदेश सरकारले प्रदेश सरकार गठन हुनु पूर्वदेखिनै टिकेटिङ सिस्टम भएको रारा राष्ट्रिय निकुञ्ज, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, बुलबुले र काँक्रेविहारको मात्रै तथ्यांक उपलब्ध भएको जनाएको छ । भने अन्य क्षेत्रको तथ्यांक संकलन तत्काल सम्भव नरहेको बताएको छ । सम्बन्धित स्थानीय तहमार्फत् पर्यटकीय क्षेत्रको तथ्यांक संकलन गर्ने योजना भएको बताइए पनि त्यससम्बन्धी कुनै पनि काम हुन सकेको छैन । जसकारण प्रदेश अति महŒवपूर्ण पर्यटकीय क्षेत्रहरू, दैलेखका पञ्चकोशी, सल्यानमा कुपिण्डे दह, कालीकोटको पचाल झरना, जुम्लाको सिँजा जस्ता क्षेत्रहरू पर्यटकको तथ्यांकविहीन बनेका छन् ।

यस वर्ष एक करोड
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्ष २०७६÷७७ मा पर्यटन प्रवद्र्धनको लागि एक करोड छुट्याएको छ । जसअन्तर्गत कर्णालीका सबै जिल्लामा भएका पर्यटकीय क्षेत्रको प्रचार प्रचार गर्ने, विभिन्न पर्यटकीय सामग्रीको उत्पादन वितरण, धार्मिक सांस्कृतिक पर्यटक प्रवद्र्धन जस्ता कार्यक्रममा खर्च गरिने मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए ।

‘पूर्वाधारमा जोड दिऊ’

कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासमा जोड दिुनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटकको क्षेत्रमा जति अघि बढ्नु पर्ने हो त्योअनुसार अघि बढ्न नसकेको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल व्यवसायी पदमबहादुर शाही बताउँछन् । ‘जलस्रोत, कृषि, पर्यटन कर्णालीका मुख्य स्रोत हुन्,’ उनले भने, ‘प्रदेशको आवश्यकतानुसार पर्यटकीय क्षेत्रमा प्रतिफल देखिँदैन । त्यसैले तीन तहका सरकारले सहकार्य गर्नुपर्छ । निजी क्षेत्रसँग विश्वासको वातावरण बनाउने प¥यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गरिनुपर्छ ।’

भौगोलिकरूपमा विकट मानिसएको कर्णालीमा यातायात, हवाई सेवा सहज बनाइ अघि बढ्नु पर्ने भिजिट कर्णाली ट्राभल्स् प्रालिका प्रवन्ध निर्देशक राजु कार्की बताउँछन् । ‘कर्णालीमा आउने पर्यटकहरूलाई सजिलै सबै ठाउँमा जाने व्यवस्था मिलाउनु पर्छ,’ उनले भने, ‘कर्णालीमा हवाई उडान, सडक, होटल व्यवसायको विस्तारमा विशेष जोड दिनुपर्छ । प्रवद्र्धनमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा विशेष जोड दिुनुपर्छ ।’

गुरुयोजना बनाउँदै छौं-मन्त्री बुढा

मन्त्री नन्दसिंह बुढा

कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्ड गठन हुने प्रक्रियामा छ । पर्यटन गुरुयोजना बनाएर विज्ञ टोलीमार्फत् प्रदेशका सबै जिल्लाका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, मर्मत सम्भार, प्रचारप्रसार गर्न लागिरहेका छौं । भिजिट नेपाल २०२० समन्व समितिसँग सहकार्य गरिरहका छौं । अहिले पर्यटकीय क्षेत्रलाई लक्षित गरी विभिन्न क्षेत्रमा पर्यटन सडक, पदमार्ग निमार्ण, मठमन्दिर निर्माण, होम–स्टे निर्माण जस्ता कामहरू भइरहेका छन् ।

मन्त्रालयसँग कर्मचारी अभाव जस्ता थुपै कारणले केही महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको तथ्यांक संकलन गर्न नसकिए पनि अबका दिनमा सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर एकद्वार प्रणालीबाट पर्यटकीय क्षेत्रको पर्यटक संख्या पनि राख्ने तयारीमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडियो नेपालमा पत्रकारको धर्ना

६ आश्विन २०७६, सोमबार ०९:५४
सुर्खेत, ६ असोज (कर्णालीपत्र) । नेपाल पत्रकार महासंघको आह्वाणमा सुर्खेतमा रहेको रेडियो नेपालको प्रदेश प्रसारण केन्द्रमा सुर्खेतस्थित पत्रकारहरूले धर्ना दिएका छन् । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत तीनजना पत्रकारको पुनर्बहालीसँगै सरकारले निर्धारण गरेको श्रमजीवी पत्रकारको पारिश्रमिकको कार्यान्वयनको माग राख्दै पत्रकारहरूले धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय […]