‘पहिला आफूले आफैँलाई जितौं’

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार ०९:४२

पुनम बिसी
सुर्खेत, ५ असोज। ‘घरबाट बाहिरको वातावरण डर लाग्दो थियो । मानिसहरूसँग बोल्न डर लाग्थ्यो । आफ्ना कुरा सजिलै प्रस्तुत गर्न डर लाग्ने । भावी योजना पस्कन पनि डर लाग्यो । कसैले केही भन्ने हो कि भन्ने त्रास, कसैले के सोच्ने हो भन्ने डर । तर अहिले आफैँले आफैँलाई जितेका छौं । सधैं तर्साउने आफैँभित्रको मनको बाघलाई जितेका छौं ।’ पूर्व मिस सुर्खेतका पूर्व प्रतियोगीहरूले आफैँभित्रको डरलाई जितेको अनुभव सुनाउँदा समाजमा आफैँभित्र हुने डर जित्नुको उत्साह पनि दर्साउथ्यो ।

दुर्गममा अझै मिस अडिसनहरूलाई ग्ल्यामरभित्रको छुद्र पाटोको रूपमा हेरिन्छ । परिवार हुँदै समाजको नकारात्मक सोचविरुद्व आफूलाई उभ्याउन यहाँका मिस सुर्खेतमा सहभागीलाई ठूलो चुनौती त छँदै छ त्योभन्दा मिस सुर्खेत जितेपछि मिस नेपाल जित्ने सपना सफल पार्न अर्काे चुनौती छ । यस्तो चुनौतीलाई सामना गर्न उभिएका पूर्व मिस सुर्खेत विजेताले मिस सुर्खेत सफलताको पहिलो सिढी भएको बताउँछन् । ‘जीवन परिवर्तनको पाटो हो । म पनि परिवर्तन भएको छुँ । आफैँलाई सोचेर हेर्छु म कति फरक भए छुँ ? मिस सुर्खेत भएयता आफैँलाई आफैँ, फरक ठान्छुँ,’ मिस सुर्खेत–२०१७ की फष्ट रनरअप एकता देवकोटाले भनिन्, ‘मिस सुर्खेत प्रतियोगिताको आयोजना गरिएको खबर पाए । पहिले घरमा सुनाए । घरमा विश्वास नै गर्नुभएन । किनकी मिस सुर्खेत महिलाको लागि राम्रो प्लेटफर्म भन्ने धारणा थिएन ।’

‘घरमा आमालाई सम्झाएँ । सबैभन्दा पहिले उहाँनै कन्भिन्स हुनुभयो । पछि सबै परिवार नै कन्भिन्स भए,’ उनले भनिन् । परिवारसाथमा भएपछि समाज जित्न उनलाई समय लागेन । आखिर मुन मिडिया हाउसद्वारा आयोजित ‘मिस सुर्खेत २०१८’ को खिताव उनको हातमा परेरै छाड्यो । ‘क्यामेरा फेस गर्न डराउने मलाई अहिले क्यामेरा साथी जस्तै लाग्न थालेको छ । साथीसँगै भएपछि आफू पनि फरक भइँदोरहेछ । आफ्नो साथीले पनि नपत्याउने कुरै भएन,’ उनले भनिन्, ‘साथै मान्छेहरूको अगाडि प्रस्तुत हुन पनि सजिलो भएको छ ।’

मिस सुर्खेत २०१८ श्रृति खड्का पनि आफूलाई सामाजिक परिस्थितिअनुसार ढाल्न सक्ने हिक्मत देखाउँछिन् । स्नातक अध्ययन गर्दै गरेकी उनको अनुभव पनि देवकोटाको जस्तै छ । छोरी मान्छेहरू घरधन्दाका लागि हुन् भन्ने मान्यतालाई जित्न सकेको मिस सुर्खेत २०१८ की वेष्ट मोडल अफ दि इएर करुणा खड्का बताउँछिन् । महिलाको संसार घरभित्रको ठहराउने समाजका अगाडि आफूलाई उभिएको, आफैँ देख्न पाउँदा परिवर्तन महसुस हुने उनको भोगाइ छ । संसार जित्न पहिले आफैँलाई जित्नुपर्छ भनेझै उनीहरूले आफूलाई जितिसकेका छन् ।

मिस सुर्खेत २०१८ की वेष्ट स्माइल र वेष्ट पर्सनालिटी रीना चौधरी आफ्नो समुदाय आफैँले बनाउनुपर्ने धारणा राख्छिन् । आफ्नै मौलिक भेषभुषा, रहनसहन, भाषामै रहेको उनको समाजका अगाडि ग्ल्यामर जोडिएको मिस सुर्खेत प्रतियोगितामा आफूलाई उभ्याउनु रीनाको लागि सहज पनि थिएन ।

पहिले आफैँले आफैँलाई पहिचान गर्नु त्यसपछि अभिभावकलगायत बाहिरी दुनियालाई आफ्नो पक्षमा पार्नु उनको लागि चानचुने कुरा पनि थिएन । रीनाले आफैँले आफैँलाई नेतृत्व गरिन्् । आफ्नो बाटो आफैँ खोजिन् र बनाइन् पनि । उनको समुदायमा अझै धेरै महिला घरधन्दामै व्यस्त छन् ।

मुन मिडिया हाउसद्वारा आयोगित पत्रकार सम्मेलनमा उनीहरूले यस्तो अनुभव सुनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटनमा छुट्याइएको बजेट; लक्ष्य एकातिर, खर्च अर्कोतिर

६ आश्विन २०७६, सोमबार ०९:४२
कर्णाली प्रदेश सरकारले एकातिर लक्ष्य र अर्काेतिर बजेट सक्दा कर्णालीको पर्यटन विकासमा विकासभन्दा पर्यटकीय क्षेत्र ओझेलमा पर्ने देखिन्छ ।

सम्बन्धित शीर्षक