सभामुखलाई जनताका प्रश्न

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार ०७:३९

कर्णालीपत्र,
सुर्खेत, ५ असोज । सल्यानका सर्वसाधारणले कर्णाली प्रदेशका सभामुखसँग सवाल जवाफ गरेका छन् । कार्यक्रममा पुगेका सभामुखलाई यहाँका स्थानीयले आफूहरूले कानुनीरूपमा भोग्दै आएका जटिलता र अन्य व्यवहारिक विषयमा प्रश्न गरेका थिए ।

महिला तथा बालबालिकासम्बन्धी विधेययकमा पनि यहाँका बासिन्दाले प्रश्न उठाए । परीक्षा फाराम भर्न प्रदेश ५ को नेपालगन्ज जानुपर्ने बाध्यता रहेको भन्दै उनीहरूले यसको समाधानका लागि संसद्ले विशेष पहल गर्नुपर्ने बताए । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनद्वारा संसदीय बाह्य कार्यक्रमअन्तर्गत जनतासँग सभामुख कार्यक्रममा सल्यानका नागरिकले सभामुखसँग सवाल जवाफ गरेका हुन् ।

सभामुख शाहीले कक्षा ११ र १२ को कर पाँच नम्बर प्रदेशमा तिर्नुपर्ने बाध्यताबारे सरकारसँग कुरा गर्ने बताए । उनले घरेलु हिंसासम्बन्धी कानुन प्रदेशसभामा आएको तर केन्द्रको सरोकारको कुरा भएका कारण फिर्ता गर्ने सोच बनाएको बताए । प्रदेशसभाले आवश्यक कानुन निर्माण गरेको भन्दै उनले अझै अरु केही कानुन बनाउन बाँकी रहेको बताए । जनताको सुझाव र राय लिएर सांसदहरूले संसद्मा सुझाव दिने गरेको भन्दै उनले जनतासँगका कुरा सरकारसँग समन्वय गर्ने विश्वस्त पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोखिममा बालबालिका

६ आश्विन २०७६, सोमबार ०७:३९
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हाल ४१ जना बालबालिका सडकमा छन् । सबैभन्दा बढी ६ देखि १० वर्ष उमेर समूहका २० जनाअर्थात् ४९ प्रतिशत बालबालिका सडकमा रहेको तथ्यांकले देखाएको छ ।