अपराध नियन्त्रणका लागि कार्ययोजना

कर्णालीपत्र संवाददाता ५ आश्विन २०७६, आईतवार १०:०९

रुकुम पश्चिम, ५ असोज ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना सार्वजनिक गरेको छ । आउँदै गरेको दसैंतिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न २० बुँदे कार्ययोजा सार्वजनिक गरेको हो ।

नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार चाडपर्व लक्षित आपराधिक घटनालाई नियन्त्रण गर्न २४ सै घण्टा प्रहरी परिचालन गरिने योजना निर्माण गरिएको बताइएको छ । प्रहरीले सार्वजनिक गरेको कार्ययोजनामा सबै प्रहरी इकाईबाट नियमित गस्ती, निगरानी तथा जिल्लामा आउजाउ हुने नाकामा प्रहरी टोली तैनाथ गरिने भएको छ । त्यस्तै सम्भावित भीडभाड हुने स्थानमा सादा पोसाकमा प्रहरी टोली खटाइ नागरिकलाई शान्तिपूर्ण वातावरणको प्रत्याभूति गराउने योजना रहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

प्रहरी कार्यालयले चाडपर्वको अवधिभर नागरिकको सुरक्षाका लागि प्रहरी कार्यालय र मातहतबाट तीन सय ४५ प्रहरी परिचालन गरिने जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डसँग समन्वय गरी सुरक्षा व्यवस्थामा कडाइ र सार्वजनिक यातायातका साधनमा हुने ठगी, चोरी एवम् लुटपाट नियन्त्रणका लागि प्रहरी परिचालन गरिने कार्ययोजनामा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनामा बढ्दो आकर्षण; ९५० मा ५५ सयको आवेदन

५ आश्विन २०७६, आईतवार १०:०९
कर्णालीपत्र सुर्खेत, ५ असोज । कुनैबेला सुरक्षा चुनौतीका रूपमा हेरिने नेपाली सेना र प्रहरीको जागिर अहिले आकर्षणको केन्द्र बनेको छ । द्वन्द्व समाधान हुनाले पनि पछिल्लो समय यहाँका युवायुवती सेना प्रहरीको जागिरमा आकर्षित थालेका हुन् । द्वन्द्वको समय सुरक्षा चुनौती धेरै हुने भएकाले सुरक्षाकर्मी हुनेको संख्या कम थियो । अहिले […]

सम्बन्धित शीर्षक