ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णालीपत्र संवाददाता ४ आश्विन २०७६, शनिबार २०:१०

असोज ४ , बाँके । नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले जानकारी दिनुभयो । मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा जुम्ली स्याउ

४ आश्विन २०७६, शनिबार २०:१०
यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरू यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् ।