बालिका करणी उद्योगमा पक्राउ

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार १९:३१

कर्णालीपत्र, रुकुमपश्चिम । बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् । निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मोबाइल पसल चोरी गर्ने पक्राउ
सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट तीन लाख रुपैयाँ बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकले रातको समयमा मोबाइल पसलको ढोकामा लगाएको ताला तोडफोड गरेर मोबाइल सेटसहित इलेक्ट्रिक सामान चोरी गरेको प्रहरी प्रमुख सुमित खड्काले बताए ।

नाम र विस्तृत विवरण नखुलाइएका १८ वर्षभन्दामुनिका पक्राउ परेका ती युवकलाई सूचना प्रविधिको उच्चतम सदुपयोग गरेर २४ घण्टाभित्रै पक्राउ गर्न प्रहरी सफल भएको र उनलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुमबाट पहिलोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारीको संकटमा कर्णाली

३ आश्विन २०७६, शुक्रबार १९:३१
चन्द्रा कँडेल सुर्खेत, ४ असोज २०६६ सालमा फैलिएको झाडापखालाको महामारीले जाजरकोटका दुई सय बढी सर्वसाधारणले ज्यान गुमाए । गतवर्ष विभिन्न रोगको संक्रमणले जुनीचाँदे गाउँपालिकामा १३ जनाको मृत्यु भयो भने यही असार २३ गते पनि पुनः दूषित पानीका कारण जिल्ला सदरमुकाम खलंगामा झाडापखाला फैलियो । यसको प्रमुख कारण पानीको मुख्य मुहान […]

सम्बन्धित शीर्षक