इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार १०:५६

जेरुसेलम, (रासस/एएफपी) ; इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्नुहुने भएको छ ।

उहाँले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् ।

यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको राष्ट्रपति कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रपति रिभ्लीनले संसदमा निर्वाचित दलहरुको बैठक आयोजना गर्नुभएको छ । बैठकमा उहाँले नयाँ प्रधानमन्त्रीका लागि कस्लाई सिफारिस गर्नुहुन्छ भनेर दलका नेताहरुलाई सोध्नुहुने भएको छ । त्यसपछि मात्रै उहाँले नयाँ सरकार गठनका लागि सिफारिस गर्नुहुने भएको छ ।

निर्वाचनको अन्तिम परिणाम अहिलेसम्म घोषणा त भएको छैन । तर इजरायली सञ्चार माध्यमहरुले विपक्षी नेता गान्जको सेन्ट्रीष्ट ब्ल्यु एण्ड ह्वाईटले संसदको ३३ सिटमा जित हासिल गरेको र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको छ ।

कुल १२० सिटका लागि भएको निर्वाचनको मतगणना अहिलेसम्म ९७ प्रतिशत भइसकेको समाचारमा जनाइएको छ ।

अहिलेसम्मको मतगणना अनुसार सवैभन्दा धेरै सिट जितेको पार्टीका नेता गान्जले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अहिलेका प्रधानमन्त्री नेतान्याहूलाई आह्वान गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद् ढाट्दै सरकार

३ आश्विन २०७६, शुक्रबार १०:५६
‘आफ्नो कार्यक्षेत्र, अधिकार र आफैंले गर्ने कामका बारेमा प्रदेश सरकार र प्रदेशसभा अहिलेसम्म अन्योलमा छ भने बुझ्नुहोस् त्यस्ता प्रतिनिधि/संस्था/सरकारबाट कुनै परिणामको आस गर्न सकिँदैन ।’

सम्बन्धित शीर्षक