स्वर्णपदक जिताउने तेजु र सोना

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार १०:०६

पुनम बिसी, सुर्खेत, 

वीरेन्द्रनगर–७, की तेजु गुरुङ आफ्ना जेठा दाजुकै सहयोगमा खेलमा प्रवेश गरिन् । दाजुबहिनी नै खेलाडी भए । २०४५ सालमा घरका दाईसँगै उनले कराँते खेल्न थालिन् । यस्तै वीरेन्द्रनगर–९, निवासी सोना थापा पनि २०५२ सालमा कराँतेमा प्रवेश गरिन् । तत्कालीन शाही नेपाली सेनामा कार्यरत बुबाले पनि खेल क्षेत्रमा सोनालाई प्रवेश गराउन सहयोग गरे ।

खेल क्षेत्रमा महिलाको संख्या न्यून रहेको अवस्थामा परिवारको सहयोग पाएका यि दुई खेलाडीलाई खेल अवसरको रूपमा आइदियो । जिल्लास्तरीयलगायतका प्रतियोगिताहरू हुँदै उनीहरूले २०५५ सालमा बृहत् चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागी जनाए । प्रतियोगितामा उनीहरूको प्रदर्शनले आठौं साफ खेलकुदमा नेपालका तर्फबाट समावेश हुने अवसर आइलाग्यो ।

त्यतिबेला अर्थात् सन् १९९९ मा सम्पन्न आठौँ साफ खेलकुदमा नेपालले दोस्रो स्थान हात पा¥र्यो । दशरथ रंगशालाको घरेलु मैदानमा आयोजित दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ६५ पदक ल्याएको थियो । ३१ स्वर्ण, १० रजक, २४ कांस्यपदकले नेपाललाई पहिलोपटक खेलकुद जगतमा ऐतिहासिक सफलता दिलाएको थियो । प्रतियोगितामा कराँते खेलतर्फबाट सहभागी थिए सुर्खेतका तेजु र सोना । उनीहरूले नेपाललाई स्वर्णपदक दिलाउन योगदान गरे ।

पुरुषसँग भिड्ने महिला

२०४५ सालमा तेजु गुरुङ कराँते खेलमा सहभागी भइन् । वीरेन्द्रनगरमा रहेको रंगशालामा प्रशिक्षण दिइन्थ्यो । प्रशिक्षणमा सहभागी थिए ५० जना, त्यो पनि पुरुषहरू मात्रै । ५० जनाको भीडमा समावेश भएका थिए, दुई महिला । वीरेन्द्रनगरका सगुन बुढाथोकी र तेजु । समाजले महिलालाई खेल जगतमा स्वीकारिसकेको थिएन । उनी दुवैजना पुरुषजस्तै देखिन्थ्ये । पाँच दिदीबहिनी र एक दाजु भएकी तेजु उनका दाजुकै कारण खेलप्रति आकर्षित भइन् । जेठा दाजु प्रकाश पनि कराँतेका खेलाडी हुन् । अभ्यास गर्दा उनको केटाहरूसँग प्रतिस्पर्धा हुन्थ्यो ।

गोरखा दक्षिण बाहुले सम्मान

तेजु र सोना दुवैले गोरखा दक्षिण बाहु पुरस्कारले सम्मानित भए । उनीहरू सम्झिन्छन्, ‘तत्कालीन श्री ५ को सरकारले हामीलाई गोरखा दक्षिण बाहुले सम्मानित गरेको थियो ।’

सम्मान समारोह कुनै चलचित्र झैं लागेको थियो उनीहरूलाई । ठूल्ठूला राम्रा घोडा, टलक्क टल्किएका तरबार समाएका पहरेदार । ‘हामी कुनै फिल्मका पात्र झंै भएका थियौं । क्रमैअनुसार खेलाडी लाइनबद्ध थिए । पालैपालो सबै खेलाडीलाई गोरखा दक्षिण बाहुले सम्मानित गरिएको थियो,’ तेजुले ती दिन सम्झिइन् ।

खेल क्षेत्रमै जागिर

चार भाईबहिनीमध्ये जेठी सन्तान थापाले खेल क्षेत्रमै जागिर गरिएला भन्ने सोचेकी थिइनन् । खेल्दै जाँदा खेलमा राम्रो सफलता मिल्यो । त्यसपछि सरकारले उनीहरूलाई कराँते खेलको प्रशिक्षणमा नियुक्ति ग¥यो, त्यसपछि उनीहरू सरकारी जागिरे भए । अहिले उनीहरू सुब्बा सरहको सेवासुविधा पाउँछन् ।

द्वन्द्वले रोकेको खेलकुद

शसस्त्र द्वन्द्वको समयमा नेपालमा खेल फस्टाउन पाएन । धेरै खेलाडी पलायन भए । गृहयुद्धका कारण स्थानीयस्तरमा खेलकुदका कार्यक्रम प्रभावकारी हुन सकेनन् । खेलकुदका धेरै कार्यक्रम राजधानी मै सीमित रहे ।

तेजुले भनिन्, ‘हड्ताल, बन्दलगायतका कार्यक्रमले खेलजगतमा पनि अप्ठ्यारो पा¥यो । राजधानीमा रोकिएको खेलजगतले फेरि हामीलाई समावेश गर्न सकेन । हाम्रा खेलाडीलाई अघि बढाउन सकेन ।’

हिंसारहित खेल

सामाजिक सोचमा महिलाहरूका लागि खेलको विकास थिएन । कलिलो उमेरमै खेलमा प्रवेश गरेका तेजु र सोनाहरूका लागि हिंसा समाजमा मात्र विद्यमान थियो । सामाजिक सोचमा विद्यमान नै थियो । तर खेलभित्र उनीहरूले आफूलाई थप बलियो बनाउने मौका पाए । तेजु भन्छिन्, ‘हामीमा अन्याय सहने भन्ने सोच थिएन । त्यसैले पनि हामीमाथि हिंसाका घटना घट्न पाएनन् ।’

खेलजगत आत्मविश्वासको रूप भएको सोनाको धारणा छ । उनी भन्छिन्, ‘कराँते खेल स्वरक्षाको खेल पनि हो । नकारात्मक सामाजिक हिंसाविरुद्व महिला आफँैलाई बचाउन सक्छन् । त्यससँग लड्न सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने

३ आश्विन २०७६, शुक्रबार १०:०६
जेरुसेलम, (रासस/एएफपी) ; इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको राष्ट्रपति कार्यालयद्धारा जारी […]

सम्बन्धित शीर्षक