‘सरकारले उचित जवाफ दिएन’

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार ०३:५९

कर्णालीपत्र,

सुर्खेत । कर्णाली प्रदेशसभा बैठकमा उठाएका प्रश्नको सरकारले उचित जवाफ नदिएको सांसदहरूले बताएका छन् । बुधबार प्रदेशसभाको चौथो अधिवेशनको २७ औँ बैठकमा भाग लिएका सांसदहरूले यस्तो बताएका हुन् ।

संसद्मा बोल्दै सांसद ठम्मरबहादुर बिष्टले विशेष समयमा उठाएका कुराहरूको उचित जवाफ नपाएको बताए । ‘सांसदले विशेष समयमा उठाएका कुरालाई सरकार उपेक्षा ग¥यो,’ उनले भने, ‘विशेष समयमा उठाएका प्रश्नको उत्तर दिने तालिका हुन्छ की हुँँदैन ?’ सडकका कुराहरू, विद्युत्, विषयगत समिति, कर्मचारी व्यवस्थापनका कुरामा निरन्तर उठाए पनि त्यसको पर्याप्त जवाफ समयमा नै नपाइएको उनको भनाइ छ । संसद्मा उठाइएका कुराहरूलाई सरकारले २४ घण्टाभित्र उत्तर दिनुपर्ने उनले बताए ।

यस्तै अर्का सांसद बिन्दमान बिष्टले प्रदेश सरकारले ओएनएम गरेर कर्मचारीहरूको व्यवस्थापन गर्ने निर्णयले सुर्खेतमा रहेका सुर्खेत वन डिभिजन र भेरी वन डिभिजन एक अर्कामा गाभिने कुराप्रति गम्भीररूपमा ध्यानाकर्षण भएको बताए । ‘भेरी वन डिभिजन कर्णालीका अन्य क्षेत्रका वन डिभिजनभन्दा बढी वनको घनत्व र संरक्षण आवश्यकता रहेको डिभिजन हो,’ उनले भने, ‘प्रदेशका अन्य वन डिभिजनभन्दा बढी वन क्षेत्र रहेको भेरी वन डिभिजन सुर्खेत वन डिभिजनमा गाभिने कुरा सुनेको छुँ । सुर्खेतका १२ वटा सवडिभिजनलाई ९ वटामा झारिएको छ भन्ने सुनेको छुँ । काठ तस्करी बढिरहेको छ । चोरी बढिरहेको छ । त्यसको नियन्त्रण र संरक्षण गर्नेभन्दा पनि डिभिजन एउटा बनाउने सवडिभिजन घटाउँदै जाने । वन रक्षकहरूको दरबन्दी कम गराउँदै जाने कुरा मान्य छैन ।’

यस्तै सांसद मीनासिंह रखालले दसैतिहारको समयमा बजारमा महँगी, गुणस्तरहिन वस्तुहरू बिक्रीवितरण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । साथै जनताको सहजताका लागि सुपथ मूल्यको पसल सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

सांसद देवी ओलीले वर्षायमको समयमा कर्णालीका विभिन्न जिल्लाहरूमा भएको क्षतिको स्थलगत अध्ययन गरी पीडितलाई उचित राहतको व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराइन् । साथै अन्य सांसदहरूले समसामायिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निराशालाई उत्साह बनाउने हाम्रो दायित्व

३ आश्विन २०७६, शुक्रबार ०३:५९
हामी आगमनकै बेला प्रतिबद्धताका अनेकौं शब्दहरू पस्कनु राम्रो होइन । तर जति प्रतिबद्धता व्यक्त गर्नेछौं, त्यस बाटोमा इमान्दार भएर हिँड्ने प्रयत्न भने पक्कै गर्नेछौं । हामी विश्वसनीय पत्रकारिताको अभ्यास गर्नेछौं ।

सम्बन्धित शीर्षक