दशैंदेखि छठसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट

कर्णालीपत्र संवाददाता २९ भाद्र २०७६, आईतवार १५:२३

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ ।

आज बसेको सो संघको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको स्वयंसेवक विधेयक पारित

२९ भाद्र २०७६, आईतवार १५:२३
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सामाजिक विकास समितिको प्रतिवेदनसहित प्रदेशसभामा छलफलका लागि पेश गर्नुभएको थियो । छलफलमा कुनै पनि सदस्यले भाग लिएनन् ।