बुद्ध एयरको थप एक जहाज आयो

कर्णालीपत्र संवाददाता २९ भाद्र २०७६, आईतवार ०७:४८

काठमाडौँ ; निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ ।

भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ ।

जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविरल वर्षाले तीन दिनदेखि खानेपानी वितरण ठप्प

२९ भाद्र २०७६, आईतवार ०७:४८
वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भन्नुभयो, “तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन नभएकोले वितरण गर्न नसकिएको हो ।”