दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे

कर्णालीपत्र संवाददाता २३ भाद्र २०७६, सोमबार २२:२१

एजेन्सी । दक्षिणको छिमेकी देश भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् ।
बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको भारतिय सञ्चार माध्यमसामु बताएकी छन् ।

भर्खरै बच्चाकी आमा बनेकी बहिनीले आप्mनै दाइ विरुद्ध अपहरण

 र बलात्कार गरेको उजुरी दिन पुलिस चौकी पुगेपछि उक्त घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायकालागि ती भारतिय युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतिय सञ्चार माध्यमका अनुसार ती युवतीले आप्mना दाइले हरेक दिन आफूलाई बलत्कार गरेको खुलासा गरेकी छिन् ।

पिडीत युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार ग

रेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताईन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले बयानका क्रममा पुलिस समक्ष खुलासा गरिन् ।

युवतिको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रपत्रिकामा आज

२३ भाद्र २०७६, सोमबार २२:२१
पत्रपत्रिकामा आज; राष्ट्रपतिको भ्रमण गराउन चिन सहमतः, तीन विषयमा दुईपक्षिय सहमतीमा हस्ताक्षर पेट्रोलियम पाइपलाईन उद्घाटन आज हुँदै, नेकपामा आन्तरिक विवाद चुलिंदो; ओली-नेपाल बिच १९ दिन यता बोलचाल बन्द स्थानीय निकायमा प्रमूख उप-प्रमूख बिच घम्साघम्सी धनगढीमा पनि मिटर ब्याजीको जालो