बहुविवाहको मुद्दाले सांसद पद चट्

कर्णालीपत्र संवाददाता २३ भाद्र २०७६, सोमबार १०:१६

जनकपुरः बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ ।

जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन गर्ने भएको छ ।

नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र ४ ९१० बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेश सभाले प्रक्रिया सुरु गरेको हो । आजको नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झापाको गौरादहमा बम विष्फोट, गाडीमा क्षति

२३ भाद्र २०७६, सोमबार १०:१६
विष्फोटका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको छ ।