ओली-प्रचण्डबीच गम्भिर छलफलः, छिट्टै सचिवालय बैठक बोलाउने तयारी

कर्णालीपत्र संवाददाता २३ भाद्र २०७६, सोमबार ०७:५०

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु छिट्टै सचिवालय बैठक बोलाउने सहमतिमा पुगेका छन् ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार झण्डै २ घन्टा छलफल भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सिंगापुरबाट फर्किएपछि सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षबीच छलफल सुरु भएको छ । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेललाई समेत सहभागि भएका थिए ।

महासचिवले दुई अध्यक्षलाई पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्ताव जानकारी गराएका थिए । त्यसैका आधारमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छिट्टै सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्त बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि बिभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

ओली सिंगापुरबाट फर्किएपछि दुई अध्यक्षबीच शुक्रबार नै भेटवार्ता भएको थियो । शुक्रबार स्वास्थ्य अवस्थाका विषयमा कुराकानी भए पनि आइतबारदेखि भने दुई अध्यक्षबीच पार्टी र सरकारलाई प्रभावकारी पार्ने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ, चिनियाँ विदेशमन्‍त्रीको तीन दिने व्यस्तता ! (तालिका)

२३ भाद्र २०७६, सोमबार ०७:५०
काठमाडौं ; चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यीको तीनको काठमाडौं बसाई निकै व्यस्त देखिएको छ । औपचारिक भ्रमणका क्रममा आइतबार नेपालको संघिय राजधानी काठमाडौं आएका विदेशमन्त्री यी राजनीतिक भेटघाटका क्रममा व्यस्त रहने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे। वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट […]