चीनका विदेशमन्त्री आइतबार आउँदै

कर्णालीपत्र संवाददाता २१ भाद्र २०७६, शनिबार ०७:५३

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै छन् ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेङ्गुबाट चारको मृत्यु

२१ भाद्र २०७६, शनिबार ०७:५३
काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिनुुभयो […]