प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

suresh २० भाद्र २०७६, शुक्रबार १६:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको निजी चिकित्सकले जानकारी दिएका छन् ।

स्वास्थ्य उपचारका लागि करिब १० दिन सिंगापुर बसेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छन् ।

डा. शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको बताएकी छन् । विज्ञप्तिमा उल्लेख छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ ।’

स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् । उनले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रपत्रिकामा आज !

२० भाद्र २०७६, शुक्रबार १६:३१
कर्णालीमा हवाई उद्धार कार्यक्रम पहुँचवाला सुविधा पाउँछन् निमुखालाई ज्यान गुमाउँछन, प्रेम नस्विकार्दा एसिड, नेपालले गराउँदै साख परिक्षण, अख्तियारद्धारा कागजात नियन्त्रण