एटिएमबाट निकाल्ने रकमको सीमा घट्यो

कर्णालीपत्र संवाददाता २० भाद्र २०७६, शुक्रबार ०८:१७

काठमाडौं । एटिएम ह्याकका घटना बारम्बार दोहोरिन थालेपछि अन्ततः एटिएमबाट निकाल्ने रकमको सिमा घटेको छ ।

्नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ । ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रुपैयाँ चोरेको करिब एक सातापछि राष्ट्र बैंकले नयाँ निर्णय गरेको हो ।

यही साता चिनियाँ ह्याकरहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरी तीनवटा बढी बैंकको काठमाडौंमा रहेको एटीएमबाट करोडौँ रुपैयाँ चोरी गरेका थिए ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्र अनुसार अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ। यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।

साताअघि चिनियाँ ह्याकरहरुको समूहले प्रभु र एनआईसी एसियासहितका बैंकको सिस्टम र भिसा कार्डको स्वीच नै ह्याक गरेर करोडौं रुपैयाँमा निकालेका थिए। तर समयमै सूचना पाएपछि प्रहरीले चिनियाँ ह्यकरहरुको समूहलाई पक्राउ गर्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रपत्रिकामा आज !

२० भाद्र २०७६, शुक्रबार ०८:१७
पत्रपत्रिकामा आज: कर्णालीमा न औषधी न डाक्टरदेखि संघिय राजधानी काठमाडौं उच्च जोखिमसम्म !