कृषिमन्त्री खनाललाई डेंगुः, स्थिति सामान्य

कर्णालीपत्र संवाददाता १९ भाद्र २०७६, बिहीबार १८:०३

काठमाडौँ – डेंगु लागेपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल अस्पताल भर्ना भएका छन् ।

मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।

गिरीले भने, मंगलबारदेखि हल्का ज्वरो आएको थियो। बुधबारदेखि अस्पताल भर्ना गरियो। तर स्थिति सामान्य छ।

मन्त्री खनाल मंगलबार ज्वरो आएपछि निदान अस्पताल उपचारका लागि पुगेका थिए। त्यहाँ डेंगुको शंका गरेपछि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो। गिरीले भने, अस्पतालले पनि डेंगु भनेको छ। तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन।

अस्पताल उच्च स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु नै लागेको देखिएको छ। ग्राण्डीअस्पताल स्रोतका अनुसार खनालको शारिरीक परीक्षण भइसकेपछि आएको रिपोर्टमा डेंगु नै भएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा प्रादेशिक कृषि औद्योगिक व्यापार महोत्सव शुरु

१९ भाद्र २०७६, बिहीबार १८:०३
जुम्ला:  ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ आजदेखि जुम्लामा शुरु भएको छ । महोत्सवको उद्घाटन आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा १९–२९ गतेसम्म सञ्चालन हुने महोत्सवले कृषि, वन, जडिबुटी, सांस्कृतिक पर्यटनको महत्व बोकेको पर्यटकीय नगरी जुम्लाको समग्र विकासमा सहयोग पुग्ने […]