पूर्वमन्त्री खत्रीसँग धरौटी स्वरुप अदालतद्वारा ५ लाख माग

कर्णालीपत्र संवाददाता १९ भाद्र २०७६, बिहीबार ०८:२३

सुर्खेत : कर्णाली प्रदेशका निर्वतमान् भौतिक पसर्वाधार विकास मन्त्री खड्‌गबहादुर खत्रीलाई पाटन उच्च अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा बुधबार अदालतमा हाजिर भएका उनलाई थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

साउन २७ गते उच्च अदालतले उनलाई तीन दिनभित्र अदालतमा हाजिर हुन दिएको आदेशपछि उच्च अदालतले यस्तो आदेश दिएको हो । अदालतका रजिष्ट्रार बाबुराम दाहालले मन्त्री बहाल रहेको अवस्थामा प्रहरीमार्फत् ३ दिनभित्र उपस्थित गराउन आदेश भएकोमा मन्त्रीबाट बर्खास्तपछि साधारण नागरिक सरह म्यादभित्रै अदालतमा उपस्थित भएको जानकारी गराए । उनका अनुसार बुधबार अदालतमा हाजिर भएका खत्रीको बयानपछि थुनछेक बहसपछि धरौटीमा छाडिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एटिएम ह्याक प्रकरणको अनुसन्धानमा जटिलताः प्रहरीले मगायो विज्ञ टोली

१९ भाद्र २०७६, बिहीबार ०८:२३
नारायण ढुङ्गाना (रासस) काठमाडौँ : बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई […]

सम्बन्धित शीर्षक