सुर्खेतमा सेनाको एयर बेस स्थापना

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०८:०३

सुर्खेत : नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गर्नुभयो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एमआई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रूपमा तैनाथ रहने जानकारी दिनुभयो ।

“आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेन्ड लाइन मेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेसले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।”

उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा सम्भाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्चपदस्थ सैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षक समाज निर्माणकर्ता हो : कानूनमन्त्री भण्डारी

१८ भाद्र २०७६, बुधबार ०८:०३
जुम्ला : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुसंस्कृत समाज निर्माणमा शिक्षकको अहम् भूमिका रहेको बताउनुभएको छ । आज यहाँ आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । “मुलुक हाँक्ने अब्बल जनशक्ति […]

सम्बन्धित शीर्षक