सागमा पूर्वाधारको अभाव हुँदैन : मन्त्री विश्वकर्मा

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०७:२९

कास्की : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा पूर्वाधारको अभाव नहुने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा आजदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उहाँले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका अखिल नेपाल फूटबल सङ्घ ९एन्फा० उपाध्यक्ष कृष्ण थापालगायतका राष्ट्रिय खेलाडी उत्पादन गरेको चर्चा गर्दै नियमितरूपमा प्रतियोगिता गरेर क्लबले देशको खेल क्षेत्रको विकासमा योगदान गरेको बताउनुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले खेलकूदका पूर्वाधार निर्माणमा प्रदेश सरकारले योजना बनाएको बताउँदै चालू वर्षमा एक पालिका एक खेलमैदान निर्माण गरिने स्पष्ट पार्नुभयो । यही भदौ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु एक लाख २१ हजार १११, उपविजेताले रु ७१ हजार १११ तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत रु तीन हजारका दरले पुरस्कृत गरिने क्लबले जनाएको छ । जिल्लास्तरीय सो प्रतियोगितामा ३४ टोलीले सहभागिता जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बीस लाख नदिए हत्याको धम्की दिने पक्राउ

१८ भाद्र २०७६, बुधबार ०७:२९
काठमाडौँ : एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो […]