हमाल सर्वोच्च परिसरबाटै पुनः पक्राउ

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०७:२२

काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको छ ।

हमालालाई मंगलबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरबाट बाहिरिने क्रममा प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।प्रहरीले हमाललाई भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ गरेको थियो । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाल जनसंचार डटकमका सञ्चालक तथा सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडी खरीदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर

१८ भाद्र २०७६, बुधबार ०७:२२
काठमाडौँ : सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहनुभएको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ । सभामुख कृष्णबहादुर महरासमक्ष आज बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरीदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको […]