काङ्ग्रेसले सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०७:२१

काठमाडौँ : नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो ।

प्रदेश–३ को प्रशिक्षण कार्यक्रम दुई स्थानमा गर्ने यसअघिको निर्णयअनुसार भदौ २० र २१ गते भक्तपुरको बोडेमा सात जिल्लाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

काङ्ग्रेसले सात जिल्लाको महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको छ ।

यस्तै, प्रदेश–३ को रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरूका लागि मकवानपुरमा पछि प्रशिक्षण दिने भएको छ ।

यसैगरी प्रदेश–१ को धनकुटा र मोरङ, प्रदेश–२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिमको कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हमाल सर्वोच्च परिसरबाटै पुनः पक्राउ

१८ भाद्र २०७६, बुधबार ०७:२१
काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको छ । हमालालाई मंगलबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरबाट बाहिरिने क्रममा प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।प्रहरीले हमाललाई भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ गरेको थियो । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको […]