सरकार समर्थक एघार नागरिक सेनाका सदस्य मारिए

suresh १७ भाद्र २०७६, मंगलवार १४:०९

सिन्ह्वा : अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताउनु भएको छ ।

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ । तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ– नगर प्रमुख राणा

१७ भाद्र २०७६, मंगलवार १४:०९
नेपालगञ्ज : नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिनुभएको छ । उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि आज यहाँका पत्रकारसँगको छलफलमा भन्नुभयो, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश […]