दुई राजदूतले लिए सपथ

कर्णालीपत्र संवाददाता १६ भाद्र २०७६, सोमबार ०६:०७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले सपथ ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा मिश्र र भारद्वाजले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छापामा आज; हेर्नुहोस् गृहपृष्ठ

१६ भाद्र २०७६, सोमबार ०६:०७
छापामा आजः बैंकको नाजुक साइबर सुरक्षादेखि तराईका ठगी साहुँ पक्राउसम्म  

सम्बन्धित शीर्षक