‘कर्णालीको योजना निर्माण हुँदैछ ’ – मुख्यमन्त्री शाही

कर्णालीपत्र संवाददाता १५ भाद्र २०७६, आईतवार २१:४८

भाद्र १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वृहत गूरु योजना निर्माणको चरणमा रहेको बताएका छन् ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिकोलागि सयौंको संख्यामा विज्ञ जनशक्तिको सहयोग लिएर गूरु योजना निर्माण गरिरहेको बताए । फुटपाथको व्यापार गरे जस्तो विकास गरेर कर्णाली बनाउन नसकिने बताउदै मुख्यमन्त्री शाहीले स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको जानकारी दिए ।

उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आईतवार भएको विदाई कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने धारणा व्यक्त गरे ।

वजेट कार्यान्वयनका लागि प्रदेश सरकारले गम्भीर गृहकार्य गरिरहेको बताउदै उनले संगठन संरचना तथा जनशक्ति व्यवस्थापनको कामलाई अन्तिम टुंगोमा पुगेको र नयाँ संरचना वमोजिमका कार्यालयहरु स्थापना गर्ने, सम्वन्धित कार्यालयहरुमा वजेट अख्तियारी पठाउने काम अगाडि वढाइएको जानकारी दिए । मुख्यमन्त्री शाहीले कार्यालय स्थापना, वजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरु सामाधान गर्न निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजी क्षेत्रसँगको साझेदारी लगानीमा पुुर्वाधारको समस्याः सरोकारवाला

१५ भाद्र २०७६, आईतवार २१:४८
भाद्र १५, सुर्खेत । कर्णाली प्रदेशसभामा दर्ता गरिएको सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्वन्धि विधेयक माथी वीरेन्द्रनगरमा छलफल शुरु भएको छ । आईतबार विधेयकसँग सम्बन्धित पक्षहरुसँग छलफल गरिएको हो । छलफलमा निजि क्षेत्रले लगानीको सुरक्षा र पुर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर […]