सुर्खेतमा बागीनाले तीज प्रतियोगिता गराउने

कर्णालीपत्र संवाददाता १५ भाद्र २०७६, आईतवार २१:३९

पुनम बि.सी.

भदौ १५, सुर्खेत । सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बागीना समुहले तीज प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

तीजको अवसरमा सोमबार वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘हरितालिका तीज सद्भावना मेला’ को आयोजना गरिने भएको हो । मेलामा मौलिक तीज गीत, मौलिक भेषभुषा तथा नृत्यलगायतमा प्रतियोगिता गराइने आयोजकले जनाएको छ ।

नेपाली समाजमा आडम्बर, भड्किलोपन, र बाहिरी सँस्कृतिको अन्धअनुशरणको स्वरुप देखिएको बताउदै यस पर्वलाई शालिन, मौलिक र सद्भावपुर्ण बनाउनका लागि मेलाको आयोजना गरिएको बागीना समुहका सचिव डिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कर्णालीको योजना निर्माण हुँदैछ ’ – मुख्यमन्त्री शाही

१५ भाद्र २०७६, आईतवार २१:३९
भाद्र १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वृहत गूरु योजना निर्माणको चरणमा रहेको बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिकोलागि सयौंको संख्यामा विज्ञ जनशक्तिको सहयोग लिएर गूरु योजना निर्माण गरिरहेको बताए । फुटपाथको व्यापार गरे जस्तो विकास गरेर कर्णाली बनाउन नसकिने बताउदै मुख्यमन्त्री शाहीले स्थानीय आवश्यकताको […]