अफगानिस्तानमा १७ तालिबान लडाकू मारिए

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७६, शनिबार १७:५२

भदौ १४, (सिन्ह्वा), अफगानिस्तान । अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन्।

स्थानीय समयानुसार राति १ बजेतिर भिडन्त सुरु भएको थियो। तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ। सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए। उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको उनले बताए।

आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताए। आक्रमणका कारण त्रसित भएपछि विहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन्।

राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन्। घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा बजेटविना ६४ गाडी खरिद: एम्बुलेन्स किन्ने बजेट फ्रिज

१४ भाद्र २०७६, शनिबार १७:५२
कर्णालीका दूरदराजका नागरिकलाई सिंहदरबारको सुविधा पुर्‍याउने जिम्मा लिएको कर्णाली प्रदेश सरकारले विकास निर्माणको बजेट नै सुविधाको गाडी खरिदमा खर्च गरेको छ । गत वर्ष मन्त्रालयलाई गाडी खरिदको कार्यक्रम नै नराखेको सरकारले विकासको २१ करोड बजेट आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ६४ वटा गाडी खरिद गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले […]