सुर्खेतको गौ हत्यबारे गृहले छानविन गर्ने (गृहको विज्ञप्तीसहित)

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७६, शनिबार १७:३९

भदौं १४, काठमाडौं । नेपालगञ्जबाट ल्याएर सुर्खेतको बिच बाटोमा गरिएको सामुहिक गौ हत्यको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ ।

सुक्रबार भएको घटनाको मन्त्रालयले शनिबार गृहकै उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

विज्ञप्ती मार्फत सार्वजनिक गरिएको समितिलाई १५ दिनभित्र घटनाबारे वास्तविकता अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्ने कायभार समेत दिइएको छ । गौहत्यामा संलग्नलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने प्रतिवद्धता जनाएको मन्त्रालयले अन्य सदस्यको नाम किटान नगरेपनि सुरक्षा निकायको प्रतिनिधित्वलाई भने सुनिश्चित गरेको छ ।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए। १४४ गाई, गोरु र बाच्छा–बाच्छी त्यही छाडिएका थिए।गाई गोरु छाड्ने ५ ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहको विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानमा १७ तालिबान लडाकू मारिए

१४ भाद्र २०७६, शनिबार १७:३९
भदौ १४, (सिन्ह्वा), अफगानिस्तान । अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका […]