तपाई बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान पारे ? यस्तो उपाय अपनाउनुहोस्

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७६, शनिबार १७:१९

वालवालिकामा सानो हुँदा ओछ्यानमा पिसाब नगर्ने अत्यन्तै कम मानिसक होलान् । ६ वर्षसम्म ओछ्यानमा पिसाब फेर्नेकुरालाई सामान्य रुपमा लिने गरिन्छ ।

६ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने क्रम नरोकिएमा भने स्वास्थ्य समस्या हुनसक्ने भएकाले चिकित्सकसँग परामर्स गर्न आवश्यक हुन्छ ।

ओछ्यानमा पिसाब गर्ने समस्या निरन्तर रहेमा बालबालिकामा मानसिक स्वास्थ्यमा समेत प्रतिकुल असर गर्छ । कतिपय बालबालिका त्यहीँ कारणले विद्यालय जान समेत सक्दैनन् ।

किन गर्छन बालबालिकाले ओछ्यानमा पिसाब ?
बालबालिकाको स्वास्थ्य राम्रो भएपनि उनीहरुका अंगको बिकास निरन्तर भैरहेको हुन्छ । पिसाब थैली सानो भएकाले बालबालिकाले धेरै समय पिसाब रोक्न सक्दैनन् ।

तर धेरै बालबालिकाले ओछ्यानमा पिसाब गरेमा निम्न समस्या हुन सक्छ ।

  • बालबालिकाको पिसाबथैली सानो वा परिपक्क नभइसकेको
  • शरीरले पिसाब उत्पादन धेरै गर्ने वा पिसाब नलीमा संक्रमण
  • बालबालिकामा कब्जियत वा हर्मोनको असन्तुलन
  • बालिबालिको निद्रा गहिरो
  • ओछ्यानमा पिसाब फेर्ने समस्या कसरी छुटाउने ?

स्वास्थ्य समस्याको उपचार चिकित्सकको परामर्सबाट लिनु पर्छ । तर धेरै बालबालिकालाई स्वास्थ्य समस्याले नभएर अन्य कारणले ओछ्यानमा पिसाब फेर्ने समस्या हुने गरेको छ । त्यस्तो अवस्थामा घरेलु उपचारले ओछ्यानमा पिसाब फेर्ने समस्याको अन्त्य गर्न सकिन्छ ।

ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई दालचिनीको सेवनले राम्रो फाइदा गर्छ । त्यस्ता बालबालिकालाई दालचिनीको टुक्रा दैनिक टोक्न दिने वा पाउडर बनाएर खानामा मिसाएर खान दिएमा ओछ्यानमा पिसाब फेर्नेदर निक्कै कम हुन्छ ।

ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई अमलाको सेवन गर्न दिनुपर्छ । अमला पिस्ने र त्यसको धुलो मह पानीमा बेसार समेत मिसाएर पेष्ट बनाउने, त्यस्तो पेष्ट हरेक दिन एक चम्चा खान दिनुपर्छ ।

ओखर र किसमिसले पनि ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई फाइदा गर्छ । हरेक दिन सुत्नुअगाडि बालबालिकालाई ओखर खान दिने र केही मात्रामा किसमिस पनि खुवाउने गर्नुपर्छ ।

तुलसीको पातले पनि ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई राम्रो फाइदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको गौ हत्यबारे गृहले छानविन गर्ने (गृहको विज्ञप्तीसहित)

१४ भाद्र २०७६, शनिबार १७:१९
भदौं १४, काठमाडौं । नेपालगञ्जबाट ल्याएर सुर्खेतको बिच बाटोमा गरिएको सामुहिक गौ हत्यको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ । सुक्रबार भएको घटनाको मन्त्रालयले शनिबार गृहकै उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । विज्ञप्ती मार्फत सार्वजनिक गरिएको समितिलाई १५ दिनभित्र घटनाबारे वास्तविकता अध्ययन गरी संलग्नहरुलाई […]