जुम्लाको तातोपानीमा शिक्षण सिकाई कार्यशाला

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७६, शनिबार १७:११

भदौं १४, जुम्ला । गाउँपालिकाको आधारभूत तहको शिक्षालाई ध्यान भन्दै जिल्लाको तातोपानी गाउँपालिकाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ ।

गाउँपालिकाले हिमशिर माध्यमिक विद्यालय तातोपानी जुम्लाबाट उक्त कार्यशाला शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । सुक्रबार (हिजो) देखि शुरु भएको पाँच दिने कार्यशालामा शिक्षाको गुणस्तर कायम गर्न अपनाइने विधिका बारेमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र शिक्षकलाई उनीहरुको पेशाप्रति जिम्मेवार बनाउन अभ्यासमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरिएको बताएका गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘कार्यशालाले गाउँपालिकाले विगत भन्दा वर्तमान सुहाउँदो क्रियाकलापमा आधारित शिक्षण सिकाइमा बढी जोड दिएको छ।’

कार्यशालाले गाउँपालिकाका २५० शिक्षकलाई शैक्षिक रुपान्तरणका अभियन्ताका लागि उत्प्रेरित गर्ने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तपाई बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान पारे ? यस्तो उपाय अपनाउनुहोस्

१४ भाद्र २०७६, शनिबार १७:११
वालवालिकामा सानो हुँदा ओछ्यानमा पिसाब नगर्ने अत्यन्तै कम मानिसक होलान् । ६ वर्षसम्म ओछ्यानमा पिसाब फेर्नेकुरालाई सामान्य रुपमा लिने गरिन्छ । ६ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने क्रम नरोकिएमा भने स्वास्थ्य समस्या हुनसक्ने भएकाले चिकित्सकसँग परामर्स गर्न आवश्यक हुन्छ । ओछ्यानमा पिसाब गर्ने समस्या निरन्तर रहेमा बालबालिकामा मानसिक स्वास्थ्यमा समेत […]