नेकपाको अन्तरपार्टी निर्देशनः विशेष अभियान सञ्चालन गर्ने (पूर्णपाठसहित)

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७६, शुक्रबार १६:०६

भदौ १३, काठमाडौं । पहिलो पटक कार्यकारी अधिकार पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

सचिवलायका हालसम्म बसेका बैठकका निर्णयहरूका आधारमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूलाई निर्देशिका जारी गरिएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्ताक्षर गरेर उक्त अन्तरपार्टी निर्देशिका जारी गरिएको हो ।

गत जेठ २ गतेदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको एक केन्द्रीय कमिटी सदस्यले बताए ।

उक्त निर्देशनमा निर्णयहरूको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशित गरिएको छ ।

ुयथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,ु निर्देशिकामा भनिएको छ, ुअब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।ु

यसअघि पार्टी एकता सम्पन्न भएपश्चात् केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयहरूको आधारमा अन्तरपार्टी निर्देशन – १, विशेष परिपत्र – १, २, ३ र ४ जारी भइसकेको छ ।

कतिपय जनवर्गीय संगठनको केन्द्रीय कमिटीका लागि तय गरिएका सदस्य संख्या अपर्याप्त भयो भन्ने लगायतका विषयमा महासचिव विष्णु पौडेलसँग परामर्श गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।

भदौं १३ गते नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनआईसीको सुपर चमत्कारिक बचत खाता

१३ भाद्र २०७६, शुक्रबार १६:०६
भाद्र, १३ सुर्खेत । एनआईसी एशिया बैंकले आफ्नो सुपर चमत्कारिक बचत योजना सार्वजनिक गरेको छ । बैंकले २२ औँ स्थापना दिवशको अवसरमा विभिन्न ३० विभिन्न विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो । योजना अन्र्तगत सुपर चमत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, वावु […]

सम्बन्धित शीर्षक