जंगलमा अलपत्र छाडिएका २३ वटा गाई मरे

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७६, शुक्रबार १३:३१

सुर्खेत — दैलेख सडक खण्डमा पर्ने कट्कुवामा २३ वटा गाई मृत अवस्थामा भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका बाँके को कान्जी हाउसबाट ८ वटा ट्र«कमा दैलेख लैजादै गरेका २ सय ९१ गाई मध्ये शुक्रवार विहान २३ वटा गाई मृत अवस्थामा भेटिएका हुन ।
एकाविहानै सडक छेउछाउ ठूलो संख्यामा गाई ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले वीरेन्द्रनगर पालिकाको कटकुवाको सडक छेउ २३ वटा मृत अवस्थामा भेटिएको बताए । उनले भने, ‘२३ वटा गाई मृत अवस्था भेटिएको छ , त्यहाँ अझै डेढ सयभन्दा बढी गाइवस्तु बेवारिसे अवस्थामा छन् ।’ त्यति धेरै संख्यामा गाई सडकवाट खसालियो वा कसरी मरे भन्ने विषयमा अनुसन्धान भैरहेको डिआइजी जोशीले बताए । उनले भने, प्रहरी चेक पोष्टबाट चेकजाँच गरेर ल्याइएका गाई जंगलमा किन छाडियो भन्ने छानबिन भैरहेको छ ।
वीरेन्द्रनगनर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाई चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताए । ‘बाहिरबाट हेर्दा मरेका गाईमा चोटपटक लागेको देखिन्छ,’ उनले भने, ‘मृत्युको खास कारण त रिपोर्ट हेरेपछि थाहा होला।’ बाँकेको नेपालगंजमा कान्जी हाउसमा पशुको संख्या बढी भएपछि उपमहानगरपालिकाले नै उनीहरुको व्यवस्थापन गर्न ती गाईहरु दैलेख पठाएको थियो । उपमहानगरपलिका कार्यवहाक नगरप्रमुख सुनिलसिह हमालले कान्जी हाउसमा छाठा पशु चौपायाको संख्या बढी भएपछि उपमहानगरपालिाकाले नै ती गाईहरु दैलेख पढाएको जानकारी दिए । उनले दैलेखको श्रीस्थानसम्म पठाइएका ती गाईहरु सुर्खेतको कटकुवासम्म ट्र«कमा र त्यसभन्दा अगाडि हिडाएर लैजाने क्रममा केही गाईहरुको मरेको खवर प्राप्त भएको र सो संवन्धमा स्थानीय प्रशासनलाई छानबिनको लागि आग्रह गरिएको जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने दैलेखका किसानले पाल्छु भनेकाले गाई लैजान अनुमति दिएको बताए । उनले भने, ‘यहाँ कान्जी हाउसमा धेरै गाईहरु थिए, समस्या भएको थियो, किसानहरुले पाल्छु भनेकाले लैजान अनुमति दिएका हौं’। यसैबीच गाई छाडेर नेपालगंज फिर्ता भएका ५ वटा शंकास्पद ट्र«कलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
नेपालगंजवाट प्रतिनिधित्व गर्ने शहरी विकास मन्त्री मोहम्मद इश्तियाद राईले घटनाको छानबिन गर्न माग गरेका छन्। घटनावाट आफू दुखित भएको भन्दै मन्त्री राईले गृहमन्त्रीलाई एक पत्र लेखेका छन्। उनले संलग्न माथी छानबिन गरी कारवाहीको मागसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुडबाई जिन्दगी !

१३ भाद्र २०७६, शुक्रबार १३:३१
अच्युत काेइराला कुनै पनि मान्छेले जिउनयोग्य जीवन बिना कारण त्यत्तिकै फ्याँक्दैन। –इतिहासकार डेभिड ह्युम जेठको हपहपी गर्मी थियो। बेलुकीपख टोलभरि ठूलो होहल्ला भयो। मान्छेको हुल मूल सडकमा हुर्रिंदै थियो। कल्याङमल्याङका बीच कट्टु तान्दै म पनि हुलमा मिसिएँ। हुल एउटा घर अघिल्तिर अडियो। फुच्चे म, भिडमा हराएँ तर टाँङ मुनिबाट अघि […]