आजको मौसम: मेघ गर्जन र चट्टयाङसहित बर्षा हुने

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७६, शुक्रबार ०९:५४

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम

हाल (बिहान) देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली भएको छ ।

आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै आज राति देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनर चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार र आइतबारको मौसम

यसैबीच शनिबार र आइतबार पनि देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखी मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । साथै मध्य र पश्चिमका एक–दुर्इ स्थानमा भारी वर्षाको सम्भावना छ ।

सतर्कता

देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने भएकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कश्मीरी गाउँलेलाई भारतीय सेनाले यातना दियो

१३ भाद्र २०७६, शुक्रबार ०९:५४
भाद्र १३, बीबीसी । भारत (प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयअघि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताए। बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए। तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो […]