गजल

कर्णालीपत्र संवाददाता १२ भाद्र २०७६, बिहीबार १५:५२
सिन्को भाँचेछौ धन्यवाद, मुडा भाँच्न बाँकी छ।
भोकमरी  र गरिबीका, घुँडा  भाँच्न बाँकी छ।
दुर्गम  भन्दै  दु:ख  दिँई,  दुर्गमलाई  नै  चुस्न
डँस्दै हिँड्ने लामखुट्टेका, सुँडा भाँच्न बाँकी छ।
जनताको   रगत  र,  श्रमले  नुहाउँदै
सहरमा मिल्कि रहेका, खुँडा भाँच्न बाँकी छ।
झुपडिका  पसिनाले,  कहिल्यै नभरिने
महलभित्र छिरेका तिँ,  हुँडा भाँच्न बाँकी छ।
 – छत्त बोगटी, हुम्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एच पी भी भ्याक्सिन दिनुस्’

१२ भाद्र २०७६, बिहीबार १५:५२
डा. ज्योती अग्रवाल पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्ने, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, […]

सम्बन्धित शीर्षक