विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

कर्णालीपत्र संवाददाता १२ भाद्र २०७६, बिहीबार १५:०३

भाद्र १२, काठमाडौँ । विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ सरकारले राष्ट्रियसभामा पेश गरेको छ ।

नेपाल पत्रकार महासंघसहित सञ्चार संवद्ध संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन् ।

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मा राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।

सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडया काउन्सिलललाई दिने, काउन्सिलको अधिकार र कारबाही गर्ने विषय लगायत मिडिया काउन्सिललाई थप मजबुद बनाउने विषयहरु विधेयकमा उल्लेख भएको मन्त्री बास्कोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा लैङ्गिक हिंसाविरूद्ध देउडा प्रतियोगिता

१२ भाद्र २०७६, बिहीबार १५:०३
भदौ १२, धनगढी । लैङ्गिक हिंसा विरूद्ध देउडा प्रतियोगिता धनगढीमा शुरू भएको छ । सुदूरपश्चिमको प्रमुख चाड गौराको अवसरमा धनगढी उपमहानगरपालिका न्यायिक समितिले देउडा प्रतियोगिता आयोजना गरेको हो । धनगढी उपमहानगरकी उपमेयर तथा न्यायिक समितिकी संयोजक सुशीला मिश्रले वर्तमान अवस्थामा लैङ्गिक हिंसा बढिरहेका बेला हिंसाविरुद्ध चेतना फैलाउन उपमहानगरले यो अभियानको […]