जनक शिक्षाले ल्यायो साहित्यिक बालपत्रिका

कर्णालीपत्र संवाददाता १२ भाद्र २०७६, बिहीबार ०९:५१

भदौ १२, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ ।

विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस त्रैमासिक पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश गरिने छन् ।

आइतबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले उक्त पत्रिका विमोचन गरेका छन् ।

पत्रिका विमोचन गर्दै बरालले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर व्रिmयाकलापमा विद्यार्थीको सव्रिmयता बढाउने बताए ।

पत्रिकाबारे बोल्दै पाठ्यव्रmम विकास केन्द्रमा महानिर्देशक डा. लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सेना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गरे ।

उक्त कार्यक्रममा बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले बालबालिकाको शैक्षिकस्तर अनुकूलका पठन सामग्री पर्याप्त नभइरहेको अवस्थामा यो पत्रिकाले उक्त अभाव पूर्ति गर्ने वक्ताहरुले बताएका छन् ।

चरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिकाको डिजाइन सन्तोषकुमार दाहालले गरेका छन् ।

६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको पत्रिकाको मूल्य १० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

१२ भाद्र २०७६, बिहीबार ०९:५१
भाद्र १२, काठमाडौँ । विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ सरकारले राष्ट्रियसभामा पेश गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार संवद्ध संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन् । महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन […]

सम्बन्धित शीर्षक