आज नेपालका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना !

कर्णालीपत्र संवाददाता १२ भाद्र २०७६, बिहीबार ०८:४८

भदौं १२, काठमाडौं । नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षाको सम्भावना रहेका मौशम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ । यस्तै महाशाखाले पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बिहीबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

बिहीबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।

शुक्रबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले जनाएको छ । साथै मध्य र पश्चिमका एक दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा राति राती सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।महत्य दुरुत्साहनमा अस्पष्ट कानुनले प्रहरी अन्यालदेखि रित्तै संवैधानिक आयोगसम्मका समाचार प्रकासित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीज कार्यक्रममा कडाइः भड्किलो तरिकाले मनाए कारबाही

१२ भाद्र २०७६, बिहीबार ०८:४८
भदौ १२, काठमाडौं । नेपाली महिलाहरुको चाड तीज नजिकिँदै गर्दा प्रशासनले भड्किलो तरिकाले तीज नमनाउन आग्रह गर्दै आएको छ । काठमाडौं, कास्कीलगायत केही जिल्ला प्रशासन कार्यालयले भड्किलो पाराले तीज नमनाउन आग्रह गरेका छन् । समय परिस्थिति अनुसार चल्नुपर्ने भन्दै समाजलाई नै असर पर्नेगरी तीज नमनाउन काठमाडौं जिल्ला प्रशासनले अनुरोध गरेको […]