यातायातमन्त्रीको गाडी सडकमै ‘ह्वील लक’

कर्णालीपत्र संवाददाता ११ भाद्र २०७६, बुधबार १३:२३

भदौं ११, काठमाडौं । विभागिय मन्त्री समेत रहेका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडी काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिचेको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाए पनि त्यसै छाडेको थियो ।त्यसबारेको समाचार नागरिकखबरमा प्रकाशित भएपछि ट्राफिक प्रहरीले मन्त्रीको गाडी चालकलाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको हो । चालक शीवराम थापालाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तले बताए । यो घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको स्पष्ट भएको छ ।

पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको जनाइएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।

पैदल यात्रुले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका थिए । ट्राफिक प्रहरीले मन्त्रीको गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभासलाई मनपर्ने दीपिका र आलिया

११ भाद्र २०७६, बुधबार १३:२३
नयाँदिल्ली : फिल्म ‘बाहुबली’ र अभिनेता प्रभास बलिउडमा पर्यायवाची जस्तै भइसके । कुनै बेला साउथ मूभीमा संघर्ष गरिरहँदा प्रभासलाई बलिउडमा धेरैले बेवास्था गरेका थिए । बाहुबलीबाट रातारात चर्चामा आएका उनै प्रभासको मुख्य अभिनय भएको ‘साहो’ रिलिज हुँदैछ । आगामी शुक्रबार रिलिज हुने फिल्मको ‘ट्रेलर’ले नै अधिकांश दर्शकलाई आकर्षित गरिसकेको छ । यसबारे कुराकानी […]