बंगलादेशविरुद्ध नेपालको शानदार जित

कर्णालीपत्र संवाददाता ११ भाद्र २०७६, बुधबार ०९:२९

काठमाडौं । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले  बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालको फाइनल पुग्ने सम्भाावना कायमै छ ।

साबिकको विजेता बंगलादेशलाई खेलको सुरुदेखि नै दवाममा राखेको नेपालले पहिलो हाफको अन्त्यतिर शशांक बोहरालाई प्रतिस्थाापन गर्दै मैदान छिरेका कृष्ण अधिकारी यादवले गोल गर्दै नेपालालई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा अझ आक्रामक खेल प्रस्तुत गर्यो । ५२ औं मिनेटमा सुगन जिमिले डि बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल बंगलादेशका गोलरक्षको हातमा लाग्दै गोल हुँदा नेपालले अग्रता दोव्वर बनायो । त्यस्तै ८४ औं मिनेटमा प्रदिप लम्साल र ८८ औं मिनेटमा यादवले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौंथो गोल गरेसँगै नेपाल ४-१ गोल अन्तरले विजयी भएको हो । ७९ औं मिनेटमा बंगलादेशका अल अमिम रहमानले सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगितामा तीन–तीन खेल खेलेको बंगलादेश र नेपालको समान ६ अंक भएपनि गोल अन्तरको आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा रहेको छ भने नेपाल तेस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेल भुटान विरुद्व भदौ १२ गते (बिहिबार) भुटानसँग (दिउँसो १२ः१५ बजे) खेल्नेछ भने बंगलादेशले भारतसँग (३ः१५ मा) खेल्नेछ । बिहिबार हुने खेलको नतिजाले फाइनमा स्थान बनाउने देशको टुंगो लगाउनेछ ।

प्रतियोगितामा भारत तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै फाइनमा स्थान बनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायातमन्त्रीको गाडी सडकमै ‘ह्वील लक’

११ भाद्र २०७६, बुधबार ०९:२९
भदौं ११, काठमाडौं । विभागिय मन्त्री समेत रहेका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडी काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिचेको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको छ । मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाए पनि त्यसै छाडेको थियो […]