लास हाँसी दे !

कर्णालीपत्र संवाददाता १० भाद्र २०७६, मंगलवार १८:४६

म त्यो सन्नाटा बस्तीमा जाँदैछु

जहाँ मेरो भेट ती मुर्कुट्टासँग हुनेछ

सबै ती मृत्युबाट हारेका जीवन हुनेछन्

म मरेकै हुनेछु मलाई मार्न जीवन हुनेछैन

म जन्मिए ,जन्मिँदै मरेथें

जन्मनु नै मृत्युको सुरूआत

जीवन जीवन हैन मृत्यु

न्वारन गर्नुनै घाटमा ठाउँ सुरक्षित गर्नु रहेछ

अल्पविरामबाट सुरू भएको जिन्दगी

पूर्णविराममा गएर अड्कियो

चटान जस्ता बोझहरू समेत

अवशेष भएको छ

खोलाको चौतर्फी वेग आज स्थिर नाला भएको छ

मडारिँदै तहसनहस

राक्षसी रूप धारण गर्ने हावाको झोंका

आज दक्षिण फर्केको कोठा जस्तै भएको छ

जीवनकै लागि खोस्टा बचाएँ

खोस्टाले जीवनलाई बचाएन

खरानी मेरो कमाइ रहेछ

फोहोरले आफ्नो औकात कहिले बनाएन

हिसाब लगाउँदै अब यति तिर्न बाँकी रह्यो

भन्दै औला भाँच्नेहरू समेत भाटो बाच्नतिर लागिपरे

बाँससँगै खोज्दै होलान् तामा जस्तो गणित

जलाउनु नै रैछ जल्नु नै रैछ

र त सजाइदिए मेरो दुर्गतिलाई

अनि लगाइदिए प्रगतिको पुल्ठो (आगो)

देखाइदिए बाटो भेटाइदिए गन्तव्य

छोरोको फिस तिर्न नसक्दा

बाउ हुनुबाट भासिए

गरिबी सँगै फेदै ला’र तासिए

मेरो छोरो तलाई हड्डी घोटेर पढा’ को हुँ

खिएको हड्डीको चन्दन तलाई कसरी लाइदिउ

फिस सँगै पिसपिस भएको छाती

न बाहिरबाट देखें न भित्रबाट देखाउन सकें

वचनको वाणले

खण्ड मुटुलाई छन्दछन्द बनाइदिनेहरू समेत

सहानुभूतिको आँसुले पापी मन पखालिरहे

बाटामा हिँड्दा छिमेकीरसाथी त दूर

ढुंगाले पनि मुन्टो बटार्दा

ओजनदार शरीरको थुप्रोले

आफैंलाई किच्याउँदा अब ऐय्या१ भन्नु नपर्ने भएको छ

मेरो डोब बाटामा नपरोस् अलक्षिण लाग्छ

भन्ने कही कतैबाट सुन्दा जुत्ताले पैताला ढागेको हुँ

त्यो जुत्ता छ म छैन, यात्रा छ तर यात्री छैन

गोजीमा दुई चार जोर लक्ष्य

अनि मुठ्ठिभरि आत्मविश्वासको पोकोलाई

अब खोली रहनै परेन

सपनाको सिरक ओढी कल्पनाको सिरानेमा

लायक बाउको नालायक

लाचारीको पराकाष्ठ ओछ्यानमा पल्टिँदा

खाटले उठ् भन्न अब अहँ पाउँदैन

बूढा बा(आमाको कोखको बारीमा

कमजोर मुटु भएको बिउले उम्रन पाउँदैन्

सकेन मुटु चौडा पारी जिन्दगीको सिँचाइ गर्न

छोरो तै होस् हाम्रो बुढेसकालको ञसहाराझ भन्थे

सारा हारेर केही नभए नि केही न केही छोडेको छु

म मर्नुनै त बचाइ राख्नु थियो त्यही दिएको छु

प्यारीले लाउने मेरो अपवित्र

नामको सिन्दुर अब पवित्र बन्नेछ

घुमाउन लग्नु भन्थी

दिन ढलेसँगै बिर्सनु नै पर्थ्यो बिर्सदै जान्थी

साँझ पर्दै जान्थ्यो अनि बोरा टक्टक्याउँदै जान्थी

भोकभन्दा ठूलो धर्म केही नहुने रै’छ

खाली पेट रहरले पनि नजन्मिँदै आत्महत्या गर्दो रै’छ

बाँचे सँगै बाँच्छौं अनि मरे सँगै

भन्दै अनेकथरि वाचाबन्धन

पट्याक पट्याक

गरी पड्कदै रापसँगै बिदा भएका छन्

प्यारी हिजो ल्याएथे भुइँ पोलेर

आज जाँदैछु आफैं पोलिएर

कट्टाने खोलो हुनू, नबस्नू जमेर

जहाँ बग्छौ, बगिजानू बाटो बनेर

सारा रोइकराइ गरिरहेछन्

तर आखिर किन मरेपछिरु

सायद केही पाउन केही गुमाउनैपर्छ

परिवारले मलाई गुमायो तर मैले कसैलाई गुमाइनँ

म महान छु

मैले जिन्दगीलाई जिन्दगीले गुमाउन नपाउँदै गुमाइदिए

मैले मृत्युलाई जितेको छु तर जीवनले जहिले हारिरह्यो

म मरे पनि परिवार मेरो बाँचिरहोस्

लास त हाँसी दे

हेर त म कति खुसी भएको छु

मेरो खुसीमा कात्रो जस्तै सेता दात झिकी

दाउरा माझबाट किच्च हाँसी दे १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्थडेमा कस्ती थियो रुबीनाको बोल्ड अवतार ?

१० भाद्र २०७६, मंगलवार १८:४६
भदौ १०, एजेन्सी । टेलिभिजनकी सुन्दरी रुबीना दिलाइक आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।आफ्नो जन्मदिनको अवसरमा उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी छिन् । हिन्दी टेलिभिजन सिरियलकी छोटी बहू तथा किन्न र बहूको नामबाट परिचित रुबीनाका केही तस्विर सार्वजनिक भएका छन् । रुबीनाले केही समय पहिले निलो कलरको बिकिनी […]

सम्बन्धित शीर्षक