पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार १४:५४

भदौ ९, काठमाडौं । विकसित सूचना र प्रविधिको प्रयोग गर्दै नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ ।
आप्mनो उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो  ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् । उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ‘ सिंगापुरदेखि काठमाडौं पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’
यसले अव नेपाल सरकारका औपचारिक बैठक भिडियो कन्फ्रैन्समार्फत बस्ने प्रचलनको शुरुवात समेत भएको छ । यसको सामाजिक सञ्जालमा धेरैले प्रशंसासमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसौं हजार रोहिंग्याद्वारा प्रदर्शन

९ भाद्र २०७६, सोमबार १४:५४
ढाका — म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्याहरूले आइतबार बृहत् प्रदर्शन गरेका छन् ।रोहिंग्या शरणार्थीले विस्थापित भएको दुई वर्ष पुगेको अवसरमा शिविरभित्रै प्रदर्शन गरेका हुन् । आफूहरूविरुद्ध नियोजित रूपमा जातीय हिंसा मच्चाइएको भन्दै करिब २ लाख रोहिंग्याले विरोध र्‍याली गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०१७ को अगस्ट महिनामा […]