सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु, सरकारी दरमै उपचार

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार ०७:५६

भदौं ९, ललितपुर । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने पनि जनाएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ । ३४ वर्षीय विकास गुरुङ र ३० वर्षीय शुक्रानी योञ्जनको सफल मिर्गौला प्रत्यारोपण गरिएको डा। काफ्लेले बताए । दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको पनि डा काफ्लेले बताए ।

प्रत्यारोपणका लागि सरकारले दिने गरेको ४ लाख रुपैयाँमा नै प्रत्यारोपण गरिएको डा। काफ्लेले बताए । गुरुङलाई उनकी श्रीमतीले मिर्गौला दिएकी हुन भने शुक्रानीलाई आमाले मिर्गौला दिएकी हुन् । बिरामीलाई डायलोसिसको सकसबाट हटाउन अस्पतालले अबदेखि प्रत्यारोपणलाई निरन्तरता दिने पनि डा। काफ्लेले जानकारी दिए ।

अस्पतालका गतिविधिबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले सरकारी शुल्कमा सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण गर्ने बताए ।

ब्लड ग्रुप म्याचिङ नहुने बिरामीको मृगौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको अध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवले मृगौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग निरन्तर रहने बताए । उनले सरकारले दिने अन्य घातक रोगको उपचार पछिको निःशुल्क औषधी जस्तै गरी मृर्गौलाको उपचार पछिको औषधीलाई पनि ८० प्रतिशतमा ल्याउने प्रयास गर्ने बताए ।

मृर्गौलाको उपचारमा औषधी निकै महंगो हुने भएकाले धेरै नेपालीले यस्ता औषधी खरिद गर्न नसक्दा समस्यामा पर्ने गरेका छन् । यसको लागि नियममा नै परिवर्तन गरी औषधीको मूल्यमा ८० प्रतिशतमा झार्न हर सम्भव कोसिस गर्ने बताए ।

हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय शैया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा सफलता

९ भाद्र २०७६, सोमबार ०७:५६
भदौं ९, काठमाडौं । भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको […]

सम्बन्धित शीर्षक