अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार ०७:५२

आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ ।

मनोविज्ञान र स्वास्थ्यसम्बन्धि एक अध्ययनअनुसार कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धि लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।

अमेरिकास्थित सिरैक्युज विश्वविद्यालयका सहायक प्राध्यापक ब्रायस ह्य्रुस्काले भने, ‘हामीले पछिल्लो १२ महिलामा अक्सर कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम पाएका छौं ।’

मेटाबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ ।उनले भने, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगपत्रमा के छ ?

९ भाद्र २०७६, सोमबार ०७:५२
शोभा शर्मा भदौ ८, काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र ुरूकुु भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला […]

सम्बन्धित शीर्षक