यौनशक्ति बढाउने खाना

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार ०७:२९

खरबुजा

गर्मी मौसममा पाइने यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउछ । खरबुजामा लाईकोपीन, बीटा केरोटीन  र सीट्रलाइन  जस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पुर्‍याउन सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।

केरा

केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइटि्रक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।

हरीयो र्खुसानी

खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानीले तपाईको यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरीयो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ । त्यसैले आज बाट नै आफ्नो भोजनमा हरीयो खुर्सानी समावेश गर्नुहोस् ।

फर्सीको बियाँ

फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

डार्क चक्लेट

डार्क चक्लेले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एल-आर्जिनिन र अमीनो एसिड हुन्छ, जसले यौन चाहानालाई प्राकृतिक तरीकाले बढाउनका सहयोग गर्छ ।

अण्डा

अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा पाँचजनाभन्दा बढी जम्मा नहुन प्रशासनको उर्दी

९ भाद्र २०७६, सोमबार ०७:२९
भदौ ९, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा […]